काठमाडौं। केही दिनदेखि मध्यपूर्वका दुई शक्तिशाली राष्ट्र इजरायल-इरान युद्धमा होमिएका छन्। अदृष्य युद्ध भइरहेको यी दुई राष्ट्रले अन्ततः आणविक हतियारको हमलासम्म पुगेको हो।
दुई देशको प्रमुख आम्दानीको स्रोत पेट्रोलियम पदार्थको खनिजसँगै प्रशोधन केन्द रहेका छन्। जसका कारण युद्धको निसानामा तेल प्रशोधन केन्द्र हुने गरेको छ।
‘तेल अभिवमा दूतावास शाखा नजिकै इरानी मिसाइल प्रहारको धक्काबाट केही सामान्य क्षति भएको छ। तर, अमेरिकी कर्मचारीलाई कुनै चोट लागेको छैन,’ इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले सामाजिक सञ्जाल एक्समार्फत भने।
दशकौँदेखि शत्रुता रहँदै आएको यी देशबीच गत हप्ता इजरायलको इरानमाथिको आक्रमण गरी युद्धको बिज रोपेका थिए। दुई देशको युद्धमा छिमेकी देशसहित सम्पूर्ण मध्यपूर्वलाई समेट्न सक्छ।
-1750076087.jpg)
मध्यपूर्व विश्वभर उत्पादन हुने पेट्रोलियम पदार्थको कच्चा सामाग्री क्रुड उत्पादनमा महत्वपूर्ण भूमि मानिदै आएको छ। जसका कारण आइतबार तेलको मूल्य थप बढेको थियो।
यी दुई देशको युद्ध भएसँगै एक सातामा पेट्रोलियम पदार्थको मूल्य ७ प्रतिशतले वृद्धि भएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएको छ। अमेरिकामा तेलको मूल्य १.२ प्रतिशतले मूल्य बढेसँगै प्रतिब्यारेल (७३.८) पुगेको छ। अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुने ब्रेन्ट कच्चा तेलको मूल्य १ प्रतिशतले बढेर प्रतिब्यारेल ७५ डलर पुगेको छ।
सोमबार बिहान इरानले इजरायली तटीय सहरसँगै तेल प्रशोधन केन्द्रमा ठूला आक्रमण गरेसँगै तेलको मूल्य थप बढ्ने देखिएको छ। जसमा एउटा भिडियोले हाइफाको तेल प्रशोधन केन्द्र नजिकै क्षेप्यास्त्र खसेको देखाएको छ।
-1750076089.jpg)
युद्धसँगै तेल निर्यातमा बाधा पुग्ने डर बढेको छ। विज्ञहरूले यो द्वन्द्व थप बढ्यो भने विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग ‘होर्मुज स्ट्रेट’मा असर गर्ने बताएका छन्। जसले विश्वभर तेलको आपूर्ति धरापमा पर्ने भएको छ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरानको युद्ध रोक्न इरानलाई दबाब दिँदै आएका छन्। उनले इरानलाई आणविक सम्झौता गर्न आह्वान गरेका हुन्। एजेन्सी, फोटो: एएफपी
-1750076089.jpg)
-1750076089.jpg)
-1750076085.jpg)
-1750076086.jpg)
-1750076084.jpg)
-1750076084.jpg)