काठमाडौं। गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औँ संस्करणका लागि आवेदन खुल्ला गरिएको छ। यो प्रतिष्ठित कार्यक्रमले नेपालका किशोरकिशोरीलाई उनीहरूको योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको छ।
ग्लोकल टीन हिरो, ग्लोकल प्रा.लि.को एक महत्वपूर्ण कदम हो। जुन अवार्ड वा पुरस्कार मात्र नभई परिवर्तनकारी भावना भएका युवाहरूलाई उचित मूल्यांकन गर्दै नया पुस्ता माझ पहिचान दिलाउने छ।
ग्लोकल प्रा.लि. प्रशिक्षण, शिक्षा र सीप विकासका क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो। यस कार्यक्रमले किशोरकिशोरीलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्य प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्दछ। यसले शैक्षिक गतिविधि र व्यक्तिगत सीमा रेखाभन्दा बाहिर रहेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने सक्रिय युवाहरूलाई विशेष रूपमा चिनाउँछ।
आवेदन कसले दिने- ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै किशोरकिशोरीले आवेदन दिन सक्ने छन्। यदि, तपाईंले आफ्नो समुदाय, समाज वा कुनै विशेष क्षेत्रमा उल्लेखनीय र प्रभावकारी कार्य गरिरहेका छन् वा शैक्षिक गतिविधिभन्दा माथि उक्लिएर आफ्नो प्रतिभा र सेवाकारी रुप प्रदर्शन गरिरहेकाका साथै सकारात्मक परिवर्तन ल्याउन सक्रिय भए आवेदन दिन सकिन्छ।
आवेदन प्रक्रिया र समय सीमा- यस वर्ष ग्लोकल टीन हिरोले नेपालभरका ६० भन्दा माथिका शहरमा पुग्ने र किशोरकिशोरीसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना बनाएको छ। यो पूर्णत निःशुल्क कार्यक्रम हो।
यसका लागि https://glocalteenhero.com/nepal मार्फत अनलाइन आवेदन दिन सक्ने छन्। साथै, आफ्नो समुदायका परिवर्तनशील किशोरकिशोरीलाई मनोनयन गर्ने सुविधा पनि उपलब्ध छ। आवेदन आजबाट खुल्ला गरिएको छ। आवेदन पेस गर्ने अन्तिम मिति जुलाई ३०, २०२५ तोकिएको छ। दुवै सहभागिता र मनोनयन आवेदन अनलाइन उपलब्ध छन्।
विशिष्ट निर्णायक मण्डल- ग्लोकल टीन हिरो नेपाल २०२५ को ग्राण्ड फिनालेमा असाधारण दिग्गज, अग्रगामी र परिवर्तनकारी व्यक्तित्वका एक प्रतिष्ठित निर्णायक मण्डलले फाइनलिस्टको अन्तर्वार्ता र मूल्याङ्कन गर्ने छ। यस वर्ष जूरीमा कोका-कोला नेपालकी राष्ट्रिय निर्देशक चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय निर्देशक डा.घन श्याम.गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, सुरज वैद्य, अध्यक्ष वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस र नेपालका लागि युरोपेली संघका कार्यवाहक प्रमुख थोमस मिलर छन्।
उनीहरूको नेतृत्व, विश्वव्यापी दृष्टिकोण र युवा सशक्तिकरणप्रतिको अटुट प्रतिबद्धताले नेपाल र विश्वका भविष्यका उज्ज्वल प्रतिभालाई पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने छ।
यस पहललाइ सफल पार्नका लागि विभिन्न संघ संस्थासँग हातेमालो गरेको छ। यस यात्राको लागि शीर्षक साझेदारको रुपमा गोल्छा ग्रुप, रणनीतिक साझेदारको रूपमा युरोपेली संघ र भारतीय दूतावास काठमाडौं, नेपाल रहेका छन्। साथै शैक्षिक साझेदारको रूपमा एम्बार्क कलेज रहेको छ। प्रमुख साझेदारको रूपमा होन्डा, कोका–कोला, डब्लुडब्लुएफ, पञ्चकन्या समूह, केएफसी, टोयोटा र रियल सूचीकृत छन्।
बैंकिङ साझेदारको रूपमा ग्लोबल आईएमई बैंक, नबिल बैंक र नेपाल एसबीआई बैंक लिमिटेड, नेपाल पर्यटन बोड प्रवर्द्धक साझेदार बनेको छ। द सोल्टी काठमाडौं आतिथ्य सेवा प्रदायक साझेदार, वल्र्डलिंक इन्टरनेट साझेदार, द काठमान्डु पोस्ट र कान्तिपुर एप मिडिया साझेदारका रूपमा छन्। हिमालय टिभी एचडी प्रत्यक्ष प्रसारण साझेदार, यति एयरलाइन्स एयरलाइन्स साझेदार, प्रिज्मा एडभर्टाइजिङ पीआर साझेदार, एनएनक्यू सूचना प्रवाह साझेदार र अन्ततः, पिज्जा हट र बेगानी ग्रुप समर्थकको रूपमा उल्लेखित गरिएका छन्।
साझेदारहरूको यो विस्तृत सञ्जालले एक साझा दृष्टिकोण र ग्लोकलको नवीनतम पहलको सफलता र प्रभावप्रति प्रतिबद्धता झल्काउँछ।