काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनामा उपत्यकाभित्र घरजग्गा कारोबारमा सुधार भएको छ।
विभागका अनुसार गत वैशाखको तुलनामा जेठमा उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर)का ७ ओटा मालपोत कार्यलयबाट चार हजार ४३ ओटा लिखत पारित भएको हो। यो गत वैशाखमा भएको कारोबारको तुलनामा ५२० ले बढी हो। गत वैशाखमा यस्तो कारोबार तीन हजार ५२३ ओटा भएको विभागको तथ्यांकमा उल्लेख छ।
तथ्यांकअनुसार देशभरका १३४ ओटा मालपोत कार्यालयबाट जेठ महिनामा एक लाख ५६ हजार ७५२ ओटा घरजग्गासम्बन्धी कारोबार भएका छन्। गत वैशाखमा यस्ता कारोबार एक लाख ४४ हजार ६० ओटा मात्रै थियो।
जेठ महिनामा भएको जम्मा कारोबारमध्ये लिखत पारिततर्फ ५६ हजार १० ओटा कारोबार भएको छ। यो तथ्यांक गत वैशाखभन्दा ३ हजार ५८७ ले बढी हो। वैशाखमा जम्मा ५२ हजार ४२३ मात्रै लिखत पारित भएका थिए।
गत जेठमा सबैभन्दा कम कारोबार गर्ने मालपोत कार्यालय मुस्ताङ र मनाङ छन्। जसले समान १३ र १३ ओटा कारोबार गरेका छन्। यस अवधिमा मुस्ताङमा १३ ओटा लिखत पारित हुँदा र मनाङ ८ ओटा मात्रै लिखत पारित भएको छ।
यो तथ्यांक गत वैशाखमा संकलन भएको राजस्वभन्दा १८ करोड ४७ लाख बढी हो। गत वैशाखमा जम्मा चार अर्ब ५४ करोड २३ लाख राजस्व संकलन भएको थियो।
विभागका अनुसार देशभरबाट लिखत पारित, नामसारी, संशोधन, हाल साविक, रोक्का, फुकुवा, अपार्टमेन्टको लिखत पारित, जग्गा दर्ता, दाखिल खारेज, मोही हक कायम, मोहियानी हक नामसारी, मोही लगत कट्टा, जग्गा बाँडफाँड, प्रतिलिपि प्रक्रिया, गुठी अधिनस्थ जग्गाको लिखत पारित, गुठी अधिनस्थ जग्गाको नामसारी, गुठी अधिनस्थ जग्गाको दाखिल खारेज, गुठी जग्गा तथा सम्पदा गैर घररजग्गासम्बन्धी लिखत पारित, स्रेस्ता एकीकरण आयोजना फिर्ताको लिखतलगायतको कारोबार भएका हुन्।
राजस्व संकलनमा सुधार
घरजग्गाको कारोबार बढेसँगै चार अर्ब ७२ करोड ७१ लाख राजस्व संकलन भएको छ। यो तथ्यांक गत वैशाखमा संकलन भएको राजस्वभन्दा १८ करोड ४७ लाख बढी हो। गत वैशाखमा जम्मा चार अर्ब ५४ करोड २३ लाख राजस्व संकलन भएको थियो।

