काठमाडौं। यदि, तपाईं पाँच वर्षमा करोडपति बन्न चाहनुहुन्छ भने के गर्नुहुन्छ? - व्यापार, अध्ययन वा राजनीति।
तर, एक केटीले पाँच वर्षमा धनी बन्न आफ्नो सुन्दरतालाई हतियारको रूपमा प्रयोग गरिन्। ८ प्रेमीलाई लुटिन्।
चीनकी ४ वर्षीया केटी (यिन शु)ले धनी बन्न ८ प्रेमी बनाएकी हुन्। गरिब परिवारकी भएकी यिन शुले पाँच वर्षमा १० करोड रुपैयाँ कमाएर धनी बन्ने योजना बनाइन्।
यसका लागि उनले सुन्दरतालाई हतियारको रूपमा प्रयोग गरिन्। सबैभन्दा पहिले उनले आफ्नो जागिर छोडिन्। त्यसपछि सुन्दर देखिनका लागि आफ्नो सबै बचत प्लास्टिक सर्जरीमा खर्च गरिन्।
यिन शुले फिटनेस दिनचर्या, राम्रो ड्रेसिङ शैली सिकिन्। सामाजिक सञ्जालमा धनी मानिसलाई लक्षित गर्न थालिन्। यिनले आफ्नो प्रेमीको घरमा बस्ने बहानामा डिजाइनर बेल्ट, महँगो सोफा, इलेक्ट्रोनिक्स सामानहरू चोर्ने गर्थिन्।
त्यसपछि उनी अनलाइन सेकेन्ड-ह्यान्ड प्लेटफर्ममा सबै सामानहरू बेच्थिन्। उनले केही महिनामा ८ धनी व्यक्तिबाट २ लाख युआन (लगभग ३५ लाख रुपैयाँ) चोरिन्।
नवौँ प्रेमीलाई फसाउँदा पक्राउ
यिनको चालबाजी नवौं प्रेमीको घरमा समातियो। भ्यालेन्टाइन डेमा आफ्नो प्रेमीको घर लुट्दा यिन क्यामेरामा कैद भइन्।
यसपछि, प्रेमीले प्रहरीलाई फोन गरेर यिनलाई पक्राउ गर्यो। युवतीले प्रहरीको अगाडि आफ्नो अपराध स्वीकार गरिन्। त्यसपछि सत्य बाहिर आएको हो।