काठमाडौं। सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाको स्थलगत तथा गैरस्थलगत प्रतिवेदन सार्वजनिक भएको छ। आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन पेश भएको हो।
जसमा औद्योगिक उत्पादनमध्ये समीक्षा अवधिमा हालको उत्पादन वृद्धि भएको छ भने अन्य वस्तुको उत्पादनमा ह्रास आएको छ।
यस्तै, समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले कुल कर्जाको ७२.८४ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाहित गरेका छन्।
१, राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय अर्थतन्त्रको आर्थिक वृद्धि दर उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत र आधारभूत मूल्यमा ३.९९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ।
२, कार्यालयले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा प्राथमिक क्षेत्रको वृद्धि दर ३.२५ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर ४.६५ प्रतिशत र तृतीय क्षेत्रको वृद्धि दर ४.२१ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
३, सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धि दर उपभोक्ता मूल्यमा ३.३२ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान गरिएको छ। आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धि दर २.८ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धि दर २ प्रतिशत र तृतीय क्षेत्रको वृद्धि दर २.९ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ।
कृषि
१, समीक्षा अवधिमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला)ले ढाकेको क्षेत्र २.८५ प्रतिशतले ह्रास आएको छ भने यस्ता बालीको उत्पादन २.२६ प्रतिशतले बढेको छ।
२, समीक्षा अवधिमा प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी दलहन र धानको उत्पादन क्रमश १७.०१ प्रतिशत २५.०९ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी तरकारी उत्पादन ९.५७ प्रतिशतले वृद्धि भएको छ भने अन्य फलफूलको उत्पादन २३.१६ प्रतिशतले बढेको छ।
३, पशुजन्य उत्पादनअन्तर्गत दूध १०.७३ प्रतिशत मासु ६.३० प्रतिशत र अण्डा ३.०६ प्रतिशतले बढेको छ।
४, समीक्षा अवधिमा काठ, दाउरा र औषधीजन्य उत्पादन क्रमश ११.५४ प्रतिशत, ३३.७५ प्रतिशत र १७.७७ प्रतिशतले वृद्धि भएको छ।
५, समीक्षा अवधिमा सुदूरपश्चिम प्रदेशमा कुल सिंचित क्षेत्रफल २.४९ प्रतिशतले वृद्धि भएको छ।
६, समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १०.६८ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ। आ।व। २०८०/८१ को असार मसान्तको तुलनामा समीक्षा अवधिमा कुल कृषि कर्जा ०.९७ प्रतिशतले बास भएको छ।
उद्योग
७, समीक्षा अवधिमा प्रदेशका अध्ययन नमुनामा समेटिएको क्षमता उपयोग ३५.७९ प्रतिशत रहेको छ।
८, औद्योगिक उत्पादनमध्ये समीक्षा अवधिमा हालको उत्पादन वृद्धि भएको छ भने अन्य वस्तुको उत्पादनमा ह्रास आएको छ।
९, समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल १६.४८ प्रतिशत हिस्सा उद्योग सेगमा प्रवाहित भएको छ। औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा १.३२ प्रतिशतले घट्न गई २५ अर्ब २६ करोड ४५ लाख पुगेको छ।
सेवा
१०, समीक्षा अवधिमा पर्यटक स्तरीय १० नमुनाका होटलहरूको तथ्यांकअनुसार पर्यटकको आवागमनमा १८.५५ प्रति गिरावट आएको देखिन्छ।
११, समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेसन संख्या ५.३१ प्रतिशत घटेको छ भने रजिस्ट्रेसन राजस्व २६.५७ प्रतिशतले बढेको छ।
१२, यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मको निक्षेप २०८१ असार मसान्तको तुलनामा ३.१३ प्रतिशतले घटेको छ भने कर्जा प्रवाह ०.२७ प्रतिशतले वृद्धि भएको छ।
१३, समीक्षा अवधिमा यस प्रदेशमा कुल ११ हजार ३९८ यातायातका साधन दर्ता भएका छन्।
१४, समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले कुल कर्जाको ७२.८४ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाहित गरेका छन्।
पूर्वाधार र रोजगारी
१५, नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०८१ फागुनसम्म सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय औसतभन्दा ८६.६० प्रतिशत जनसंख्यामा मात्र विद्युतको पहुँच पुगेको छ। सोही अवधिसम्म कुल राष्ट्रिय विद्युत उत्पादनमा यस प्रदेशको योगदान १६७ मेगावाट माग रहेको छ।
१६, समीक्षा अवधिसम्म रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति ७६.१५ प्रतिशत र वित्तीय प्रगति ७४.४० प्रतिशत रहेको छ। महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत र वित्तीय प्रगति पनि ३५ प्रतिशत रहेको छ। त्यसैगरी महाकाली पुल आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९२.५ प्रतिशत रहेको छ।
प्रादेशिक कार्यक्रम र योजना
१७, सुदूरपश्चिम प्रदेश सरकारको चालु खचतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा अवधिमा २१.९० प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ९.९७ प्रतिशत खर्च भएको छ।