काठमाडौं। आक्रामक रूपमा बजार विस्तारमा लागेका इन्टरनेट कम्पनीहरूका चालू आवको वैशाखसम्ममा ३१ लाख ३२ हजार ३५० ग्राहक पुगेका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो १ महिनामा १ हजार ६९५ नयाँ ग्राहक थपिएका हुन्।
थपिएको बजारमा सबैभन्दा धेरै ग्राहक भएको वर्ल्डलिंक १० लाख ३ हजार ९४९ ग्राहकसहित शीर्ष स्थानमा छ। ठूलो वैदेशिक लगानी सहित बजार विस्तार गरेको वर्ल्डलिंकको तुलनामा अन्य कम्पनी धेरै पछाडी छन्।
३ लाख ५१ हजार ९१२ ग्राहकसहित नेपाल टेलिकम दोस्रो ठूलो सेवाप्रदायक रहँदा डिस मिडियाले ३ लाख ५० हजार ४०६ ग्राहक संख्यासहित टेलिकमलाई पछ्याइरहेको छ। यी दुई कम्पनीका ग्राहक संख्यामा जम्मा १ हजार ५०६ ओटाको मात्रै अन्तर रहेको छ।
तथ्यांकअनुसार इन्टरनेट बजारको झन्डै ५४ प्रतिशत तीन ठूला सेवाप्रदायक (वर्ल्डलिंक ३२.०५, नेपाल दूरसञ्चार कम्पनी ११.२३ र डिस मिडिया नेटवर्क ११.१९) ले ओगटेका छन्।
ग्राहक संख्याका आधारमा वर्ल्डलिंक, नेपाल दूरसञ्चार कम्पनी, डिश मिडिया,सुविसु,भायानेट,क्लासिक टेक,वेबसर्फर, सिजी,वाईफाई नेपाल प्रालिलगायतका कम्पनी अग्रस्थानमा छन्।
शीर्ष १० कम्पनीमा कसका ग्राहक कति?
