काठमाडौं। सरकारले आगामी आर्थिक वर्षदेखि सुनमा २ प्रतिशत विलासिताको कर लगाउने निर्णय गरेसँगै व्यवसायी आन्दोलित छन्। दिन प्रतिदिन सुनको मूल्य बढ्दै जाँदा सुनको मूल्यमाथि सरकारले लगाएको करले थप बढ्ने निश्चित छ।
आगामी आर्थिक वर्षदेखि सुनको मूल्य बढ्ने भएसँगै व्यवसायी आन्दोलित हुँदै आएका हुन्। उनीहरूले आफ्नो पसल बन्द गरी सरकारले लगाउने सुनमाथिको विलासिताको कर खारेज गर्न माग राखेका हुन्।
यस क्रममा व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी सुनमा लगाउने भनिएको थप विलासिताको कर हटाउन आग्रह गरेका थिए। यस क्रममा प्रधानमन्त्री ओलीले यसबारे छलफल गरी निर्णय गर्ने भन्दै व्यवसायीलाई फर्काएका थिए।
प्रधानमन्त्री ओलीसँग भेट गरेपछि सुन व्यवसायीले सरकारलाई ‘अल्टिमेटम’ दिँदै आआफ्नो पसलको सटर खोलेका छन्। तर, उनीहरूले आन्दोलनलाई पूर्ण विराम लगाएका छैनन्।
व्यवसायीले सुनमा लगाउने विलासिताको कर हटाउन माग गरेसँगै प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा यसबारे छलफल भएको छ। यस क्रममा सांसहरूले आआफ्नो धारणा राखेका छन्।
उनले सबै व्यवसायीलाई चोरी र फटाहको दृष्टिकोणबाट हेर्न नहुने बताए। गैरकानुनी व्यवसायी गर्नेमाथि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन उनको सुझाव थियो।
यस क्रममा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले व्यवसायीको आन्दोलन सम्बोधन गर्न सरकारसँग माग राखेका छन्। अर्थ समितिको बैठकमा बोल्दै उनले व्यापारीको सटर बन्द गराएर देशमा आर्थिक समृद्धि सम्भव नहुने बताए।
‘सुन चाँदी व्यवसायीलाई हामीले संरक्षण गर्नु पर्छ, सुन चाँदी व्यवसायसँग हाम्रो संस्कृत, पर्यटन धेरै महत्वपूर्ण सम्बन्ध रहेको छ,’ उनले भने, ‘हामी मान्य जीहरू पनि खुसी हुँदै राज्यलाई कर चाहिँदैन भन्छौँ। म भन्छु राज्यलाई कर चाहिन्छ। तर, सुन चाँदी व्यवसायीले जुन माग राख्नु भएको छ। मैले बुझेअनुसार सबैको राय एउटै छ। उहाँहरूको सही मागलाई यसै आर्थिक वर्षमा सरकारले पूरा गर्ने गरी काम गर्नु पर्दछ।’
यस्तै, उनले सबै व्यवसायीलाई चोरी र फटाहको दृष्टिकोणबाट हेर्न नहुने बताए। गैरकानुनी व्यवसायी गर्नेमाथि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन उनको सुझाव थियो।
सांसद कार्कीले व्यवसायीको सटर बन्द गराएर देशमा समृद्धि नआउने बताए। ‘सबै व्यवसायीको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि हुन्छ? सटर धेरैभन्दा धेरै खोल्नु पर्यो। सुनचाँदीमाथि धेरै मानिसको आकर्षण हुन पर्यो,’ उनले थपे।
यस्तै, उनले सुन चाँदी व्यवसायीलाई आकर्षण व्यवसायी बनाउनका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नु पर्ने उनको भनाइ थियो। उनले देशमा देखिएको व्यवसायलाई समयमै माग सम्बोधन नसके देशमा थप आर्थिक समस्या आउने बताए।