काठमाडाैं। नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले धनगढी क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले बताएकाे छ।
कम्पनीको अनुसार नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ। धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवाशुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शंका हुने गरेकाे उल्लेख गर्दै कम्पनीले देशमै क्रेटा आईसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसीई, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवासुविधामा अब कुनै पनि समस्या नहुने दाबी गरेकाे छ।
लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रि-लेक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरुमा रि-लेक्स( डीसीर एसी गरी ६६ चार्जर सुचारु भइसकेको छ। यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।
देशभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। सोही अभियानअन्तर्गत कम्पनीले ११ असारमा दिनेश फोर हुईल्स् प्रालि (हुन्डाईको आधिकारिक डिलर)को आयोजनामा होटल फ्लोरा, छटकपुर, धनगढीमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो। जहाँ क्रेटा ईभीसहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिएकाे थियाे।
यस कार्यक्रममा ग्राहकको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय रुपमा देखिएकाे कम्पनीले बताएकाे छ। कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए।