काठमाडौं। नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले 'नामी फाइभ स्टार अफर' सार्वजनिक गरेको छ। यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी शोरूममा उपलब्ध हुनेछ।
यस अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउने छन्। जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउने छ।
नामी फाइभ स्टार अफरले ग्राहकलाई आकर्षित गर्ने पाँच वटा विशेष सुविधा प्रदान गर्दछ। यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, ७ किलोवाट प्लस ३.५ किलोवाट चार्जर, अटो प्लस बिमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिज प्राप्त गर्ने छन्।
विद्युतीय सवारीप्रतिको रुचि बढ्दो क्रममा रहेको वर्तमान परिवेशमा नामी ईभी स्मार्ट सहरियाका लागि सुलभ र आधुनिक विकल्प बन्न पुगेको छ। यी पाँच लाभका कारण नामी खरिद गर्नु अहिलेसम्मकै बुद्धिमानी र लाभदायक निर्णय बन्ने पक्का छ।
बढ्दो विद्युतीय सवारी बजारमा नामी लोकप्रिय छनोट बनेको छ। बेस्ट-इन-क्लास फिचर, इम्प्रेसिभ ड्राइभिङ रेञ्ज र स्मार्ट मूल्यका कारण यो धेरै ग्राहकको पहिलो रोजाइ बन्न सफल भएको हो। सुपथ मूल्यमा लक्जरी, आधुनिक डिजाइन र प्रविधिको सुन्दर संयोजन पस्कन सक्ने क्षमताले नामीलाई विद्युतीय सवारी चाहनेको नजरमा झनै विश्वसनीय बनाएको छ।
यी सीमित अवधिका अफरको फाइदा लिन र झन्झटरहित तरिकाले आफ्नो सवारी अपग्रेड गर्नका लागि ग्राहकलाई आफू नजिकको डोङफेङ शोरूममा चाँडोभन्दा चाँडो पुग्न प्रोत्साहन गरिन्छ।