काठमाडौं। पोखराको मेडिकल कलेज ‘नेपाल मणिपाल एजुकेसन एण्ड मेडिकल गु्रप’ले १० महिनामै पौने २ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ। यो ग्रुपले सन् २०२५ को १० महिनामा १ अर्ब ८४ करोड ८० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको हो।
सन् २०२४ भर कलेजले १ अर्ब ८८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो। उक्त आम्दानीलाई औसत एक महिनाका दरले हिसाब गर्दा कम्पनीले १० महिनामा १ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ। साथै, कलेजले सन् २०२३ मा १ अर्ब ५० करोड ८० लाख, सन् २०२२ मा १ अर्ब ९ करोड ९० लाख र सन् २०२१ मा १ अर्ब ७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो।
मेडिकल कलेजले गराएको बैंकिङ कर्जा प्रयोजनाका लागि इक्रा नेपाल रेटिङमा अघिल्लो रेटिङमा सुधार भएको छ। कलेजले आयअनुसार कुल २ अर्ब ५० करोड रुपैयाँ कर्जा लिन क्षमता राख्छ।
जसमा दीर्घ कालिन समयका लागि १ अर्ब ९३ करोड र अल्पकालिन समयका लागि ५७ करोड रुपैयाँ रहेको छ। अघिल्लो पटक यस्तो कर्जा लिमिट २ अर्ब रुपैयाँ थियो।
कलेजको सीमित नाफा हुँदा पनि सन् २०२४मा लगानीकर्तालाई २४० प्रतिशत उच्च लाभांश वितरण गरेको थियो।
साथै, अघिल्लो पटक कलेजले बैंक कर्जाका लागि दीर्घ कालिन कर्जामा ‘एलबिबिप्लस’ र अल्पकालिन कर्जामा ‘एफोप्लस’ पाएको छ। यो मध्यम स्तरको जोखिम रहेको संकेत हो। अघिल्लो रेटिङमा कलेजले दीर्घ कालिन कर्जामा ‘एनबिबि’ र अल्पकालिक कर्जामा ‘एफो’ मात्रै पाएको थियो।
दुवैतर्फको कर्जामा ‘प्लस’ थप हुनले कलेजले बैंकिङ कर्जा तिर्न क्षमतामा वृद्धि भएको संकेत गर्छ। कलेजको आम्दानीमा २५ प्रतिशतको वृद्धि, अस्पतालको अकुपेन्सी ५५ प्रतिशतबाट ५७ प्रतिशत पुगेको र बिरामी संख्या वृद्धि भएर आम्दानी थप हुने प्रष्ट भएका कारणले कलेजले बैंकबाट लिएको कर्जा तिर्न सक्ने क्षमतालाई प्रष्ट्याएको छ। तर, कम्पनीले आफ्नो सञ्चालन खर्च भने घटाउनु पर्ने देखिन्छ।
कलेजको सीमित नाफा हुँदा पनि सन् २०२४मा लगानीकर्तालाई २४० प्रतिशत उच्च लाभांश वितरण गरेको थियो। जसले गर्दा खर्च नीति दिगो बनाउनुपर्ने आवश्यक देखिन्छ। कलेजले विद्यार्थीहरुसँग अग्रिम शुल्क धेरै लिएर कहिले कहाँ खर्च गरेको भन्ने प्रष्ट नखुलाएको रेटिङमा उल्लेख छ। नगद प्रवाहको समयमै कलेजले मिलान नगरेर वित्तीय दवाब आउन सक्ने देखिन्छ।
नेपाल मणिपाल कलेज सन् १९९४ मा पोखरामा स्थापना भएको हो। यो काठमाडौं विश्वविद्ययालयसँग आवद्ध भएर चिकित्सा तथा स्वास्थ्य विज्ञानसम्बन्धी (एबिबिएस, बिएससी नर्सिङ) स्नातक र स्नातकोत्तर अध्यापन गराउँछ।
साथै, कलेजले हाल ५ सय शय्या सञ्चालन गरिरहेको छ। कलेजमा ८३ प्रतिशत अटोवेएज ग्रुपको र १७ प्रतिशत बतास ग्रुपको लगानी रहेको छ।