काठमाडौं। नेपालका लागि बिवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आगामी शुक्रबार सिलायन–७ लन्च गर्ने भएको छ। कम्पनीले गत नाडा अटो शोमा प्रदर्शनी गरेको सिलायन–७ ईभी बिक्री सुरु गर्न लागेको हो।
साइमेक्स इंकले आफ्नो फेसबुकपेजमा टिजर रिलिज गरेर यसबारे जानकारी दिएको हो। सिलायन–७ ईभी दुई भेरियन्टमा उपलब्ध हुनेछ। दुई ब्याट्री अप्सनमा उपलब्ध सिलायन–७ एयसयूभीमा ७१.८ र ८०.६४ किलोवाट आवरको ब्याट्री दिइएको छ।
प्रिमियम भेरियन्ट रियर ह्वील ड्राइभ कन्फिगरेसनमा आउँछ, जसले ३१३ एचपी पावर र ३८० एनएम टर्क उत्पन्न गर्छ। पर्फर्मेसन भेरियन्ट अल ह्वील ड्राइभ विकल्पमा आउँछ, जसले ५३० एचपी पावर र ६९० एनएम टर्क उत्पन्न गर्छ। यसको प्रिमियम भेरियन्टले ६.७ सेकेन्ड र परफर्मेसन भेरियन्टले ४.५ सेकेन्डमा ०–१०० किलोमिटर प्रतिघन्टाको गति लिन्छ।
सिलायन–७ ईभीको लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम छ। यसमा २९३० एमएम लामो ह्वीलबेस छ। बिवाईडी सिलायन–७ ईभीमा सिलमा जस्तै हेडलाइट दिइएको छ।

यसमा क्लोज अफ ग्रिल, फ्रन्ट बम्परमा एग्रेसिभ कट र क्रिज लाइन, साइडमा १९ इन्चको ड्युअल टोन अलोय ह्विल, २० इन्चको ह्विल विकल्प, फ्लस टाइप डोर ह्यान्डल र आर्कको माथि ब्ल्याक रग्ड क्लेडिङ दिइएको छ।
यो एसयूभीमा रोटेटेबल १५.६ इन्च टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, हेड–अप डिस्प्ले र सनसेटसहितको प्यानोरामिक ग्लासजस्ता फिचर छन्। हिटिङ र भेन्टिलेसन फंक्सन भएको सिट, ५० वाटको वायरलेस फोन चार्जर, कनेक्टेड कार टेक र पावर्ड टेलगेटजस्ता फिचर उपलब्ध छन्।
गाडीमा सुरक्षाका लागि ११ एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सरजस्ता सुविधा उपलब्ध गराइएको छ। यसमा एडास सिस्टम पनि प्रदान गरिएको छ, जसमा रियर कोलिजन वार्निङ र एडाप्टिभ क्रुज कन्ट्रोलजस्ता फिचर छन्।