काठमाडौं। नेपाली बजारमा एमजी विन्डसर ईभीको बिक्री सुरु भएको छ। नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी विन्डसर ईभीको बिक्री सुरु गरेको हो।
कम्पनीले बुधबार एक कार्यक्रमकाबीच गाडी सार्वजनिक गरी बिक्री सुरु गरेको हो। पारामाउन्ट मोटर्सले विन्डसरको मूल्य क्रमश ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
एमजी विन्डसरमा ३८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ। सो मोटरले अधिकतम १३६ पीएस पावर र २०० एनएमको अधिकतम टर्क जेनेरेट गर्छ। फुल चार्जमा यसले ३३२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। सो कारमा इको, इको प्लस, नर्मल र स्पोर्ट गरी चार ड्राइभिङ मोड रहेको छ।
यसको ग्राउन्ड क्लियरेन्स १८६ एमएम रहेको छ। एमजी विन्डसरमा एलईडी लाइट, फ्लस डोर ह्यान्डल, १८ इन्चको अलोय ह्विल, एरो–लाउन्ज सिट, फ्रन्ट भेन्टिलेटेड सिट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पीएम २.५ फिल्टर, पावर्ड टेलगेट र प्यानोरामिक सनरुफ जस्ता फिचर रहेको छ। कारमा कनेक्टिभिटीको लागि डिजिटल ब्लुटुथ पनि रहेको छ।
एमजी विन्डसर ईभीमा भएको १५.६ इन्चको टचस्क्रिन, ६०४ लिटरको बुट स्पेस, १३५ डिग्रीको एयरो लाउन्ज सिट, वायरलेस चार्जिङ र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका फिचरले धेरैलाई लोभ्याउने अनुमान गरिएको छ।
भारतमा राम्रो चर्चा कमाइरहेको कारण एमजी विन्डसर ईभी नेपाली बजारमा समेत धेरैले रुचाउने अनुमान गरिएको। कम्पनीले यसको सर्भिस र पार्टसमा ८ वर्ष वारेन्टी दिएको छ।