काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ७.७ डिल्स लाइक नेभर बिफोर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका नयाँ टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र कभ ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिनेछ।
ग्राहकले हरेक टाटा गाडी खरिदमा जोडीका लागि थाइल्यान्ड भ्रमणका साथै एक वर्षको अटोप्लस बिमा, दुई आर्थिक वर्षसम्मको सवारी कर, एसेसरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान, र एम्बोस्ड नम्बर प्लेटलगायत सुविधा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन्।
ग्राहकलाई नेपालभरका टाटा मोटर्स सोरुममा नयाँ तथा अत्याधुनिक डिजाइनका गाडी अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्यांकन गर्दा आकर्षक उपहार दिइने कम्पनीले जनाएको छ।
यस्तै, एक भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप आईफोन१६ जित्ने अवसर पाउनेछन्। कम्पनीले असार १९ देखि २३ सम्म टाटा मोटर्स सोरुममा कार्यक्रम सञ्चालन गर्नेछ।
विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धतासहित यो अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ।