काठमाडौं। दराजका बिक्रताहरूले अब आफ्नो अकाउन्ट र इन्भेन्टरी व्यवस्थापन टिगबाटै अटोमेट गर्न सक्ने भएका छन्। क्लाउडमा आधारित नेपालको लोकप्रिय सफ्टवेयर टिगले दराजसँगको सहकार्यमा इन्टिग्रेसन सुविधा ल्याएको हो।
म्यानुअल रूपमा बुककीपिङ र अर्डर व्यवस्थापन गर्दा ई–कमर्श व्यवसायीहरूलाई धेरै समय लाग्ने र गल्ती हुने सम्भावना हुन्छ। तर, टिगको इन्टिग्रेसन सुविधाले घन्टाैं लाग्ने डेटा इन्ट्रीको काम अब केही मिनेटमै सकिने छ।
कुनै प्रविधिक झन्झटबिना, केही क्लिकमै अर्डर विवरण लिने, ग्राहक बनाउने र इनभ्वाइस तयार गर्न सकिने टिगले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसी बताउँछन्।
‘हामीले सयौं दराज विक्रेतासँग कुरा गर्दा म्यानुअल रीकन्सिलिएसन र इनभ्वाइसिङमा अल्झिएका देख्यौं,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको दराजका बिक्रेताहरूको समय बचत गर्ने हो। यो इन्टिग्रेसन सुविधाले सहज र व्यवसायीहरूलाई प्रशासनिक झन्झटबाट मुक्त गराउने छ।’
यो प्रणाली बारकोड स्क्यानरमैत्री भएकाले रिटेल अर्डरहरू पनि सजिलै प्रोसेस गर्न सकिने छ । टिगले आगामी दिनमा रिटर्न म्यानेजमेन्ट, इन्भेन्टरी सिंक र भुक्तानी मिलान जस्ता थप सुविधाहरू ल्याउने तयारी गरिरहेको जनाएको छ ।
हाल यो एकीकरण सबै टिग प्रयोगकर्ताहरूका लागि उपलब्ध छ। नयाँ प्रयोगकर्ताहरूले नि:शुल्क ट्रायलको लागि टिगमा साइनअप गर्न सक्नेछन्।