काठमाडौं। चालू आर्थिक वर्षको ११ महिनामा चीनबाट ३ खर्ब १० अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू वर्षको ११ महिनाको तथ्यांकअनुसार चीनबाट मात्र ३ खर्ब १० अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएकाे हो।
गत वर्षको सोही अवधिमा भने २ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार चीनबाट नेपालमा मुख्य ४६ प्रकारका वस्तु तथा सेवा आयात भएको छ।
यीमध्ये सबैभन्दा बढी आयात हुने मुख्य १० वस्तुमा टेलिकम्युनिकेसन एन्ड पार्टस, रेडिमेट गार्मेन्ट, टेक्सटायल, मेसिनरी एन्ड पार्टस, इलेक्ट्रिक वस्तु, केमिकल फर्टिलाइजर, कम्प्युटर एन्ड पार्टस, जुत्ताचप्पल, लसुन, स्याउ रहेका छन्।
यसबाहेक सवारीसाधनका पार्टपुर्जा, टेलिभिजनका पार्टपुर्जा, मेडिकल औजारका पार्टपुर्जा, खेलौना, कच्चा शिल्क, कस्मेटिक सामान, औषधी, क्यामेरा, ब्याग, सोलार प्यानल, पाइप, ब्याट्रीलगायतका सामान रहेका छन्।
११ महिना साउनदेखि जेठसम्म २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको टेलिकम्युनिकेसन एन्ड पार्टस आयात भएको छ।
११ महिना साउनदेखि जेठसम्म २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको टेलिकम्युनिकेसन एन्ड पार्टस आयात भएको छ। यस अवधिमा २६ अर्ब ७६ करोड रुपैयाँ बराबरको रेडिमेट गार्मेन्ट, २१ अर्ब ८१ करोड रुपैयाँ बराबरको अन्य मेसिनरी तथा पार्टस, २० अर्ब २७ करोड रुपैयाँ बराबरको टेक्सटायल आयात भएको छ।
त्यस्तै, यस अवधिमा १९ अर्ब ३६ करोड रुपैयाँ बराबरको इलेक्ट्रिक वस्तु, ११ अर्ब ८४ करोड रुपैयाँ बराबरको कम्प्युटर एन्ड पार्टस, ९ अर्ब २८ करोड रुपैयाँ बराबरको केमिकल फर्टिलाइजर, ८ अर्ब ७५ करोड रुपैयाँ बराबरको स्याउ, ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको जुत्ताचप्पल र ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको लसुन आयात भएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू वर्षको ११ महिना (साउन, भदौ र जेठसम्म)को तथ्यांकअनुसार चीनमा २ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। गत वर्षको सोही अवधिमा २ अर्ब ४० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो।
नेपालबाट मुख्य गरी ११ वस्तु चीन निर्यात हुने गरेका छन्। यसमा सबैभन्दा धेरै उलन कार्पेट, रेडिमेट गार्मेट, पस्मिना, हस्तकलाको सामान, अगरबत्ति, चाउचाउ, रुद्राक्ष, चिया, तयारी पोसाक, छालाका तयारी सामान निर्यात भएका छन्।
साउन देखि जेठसम्म नेपालबाट ७० करोड रुपैयाँ बराबरको उलन कार्पेट, १४ करोड रुपैयाँ बराबरको रेडिमेट गार्मेट, ४ करोडको पस्मिना, २ करोड रुपैयाँ बराबरको हस्तकलाका सामान निर्यात भएको छ।