काठमाडौं। बाह्रसिंगे बियर उत्पादक कम्पनी याक ब्रुअरी १० महिनामा डेढ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२४/२५ को १० महिनामा १ अर्ब ६७ करोड २० लाख रुपैयाँ (अपस्किृत) बराबरको बियर बिक्री गरेर आम्दानी गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०२४ मा १ अर्ब २७ करोड ४० लाख, २०२३ मा ९२ करोड ७० लाख र आर्थिक वर्ष २०२२ मा ९७ करोड २० लाख रुपैयाँ बराबरको बियर बिक्री गरेर आम्दानी गरेको थियो। सन् २०१३ मा चितवनको कुरिनटार दारचोकमा स्थापना भएर याक ब्रुअरीले सन् २०१६ देखि आफ्नो उत्पादन बजारमा बिक्री सुरु गरेको हो।
काठमाडौं उपत्यकाबाट करिब १०५ किलोमिटरको दुरीमा रहेको उक्त कम्पनी त्रिशुली नदीको किनारामा ६.५ बिघा जमिनमा रहेको छ। वार्षिक ३ लाख ६० हजार हेक्टोलिटर उत्पादन क्षमता रहेको कम्पनीले २ लाख ४० हजार हेक्टोलिटर उत्पादन क्षमता जडान गरिसकेको छ। निजी लगानीको उक्त कम्पनीमा अभिषेक श्रेष्ठको ४२.५० प्रतिशत, रवि केसीको ३७.५० प्रतिशत, मिनराज भुसालको १५ प्रतिशत र मुस्कान श्रेष्ठको ५ प्रतिशत सेयर स्वामित्व रहेको छ।
कम्पनीले २ अर्ब ३५ करोड ६५ लाख रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्समा गराएको रेटिङमा दीर्घकालिन कर्जामा ‘डबलबीमाइनस’ र अल्पकालिन कर्जामा ‘एफोर’ पाएको छ। कम्पनीले कर्जा सीमा बढाउनका लागि रेटिङ गराएको हो। जसमा दीर्घकालिन कर्जा ८३ करोड १२ लाख रुपैयाँका लागि ‘डबलबीमाइनस’ र १ अर्ब ५२ ५२ करोड ५३ लाख रुपैयाँ अल्पकालिन कर्जा ‘एफोर’ रेटिङ पाएको छ।
यो वृद्धि आर्थिक वर्ष २०२५ को पहिलो १० महिनामा पनि कायम रहेकोले बजारमा यसको उत्पादन माग बढेको देखिन्छ। माल्ट र खमीर जस्ता कच्चा पदार्थको मूल्य घटेसँगै कम्पनीको आम्दानी बढेको हो।
दीर्घकालिन कर्जाको ‘डबलबीमाइनस’ले कम्पनीले वित्तीय दायित्व समयमै भुक्तानी गर्न सक्ने विषयमा मध्यमस्तरको जोखिम र अल्पकालिन कर्जामा ‘एफोर’ ले कम्पनीले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने विषयमा उच्च क्रेडिट जोखिम रहेको संकेत गर्छ। कम्पनीले आर्थिक वर्ष २०२४ मा अघिल्लो वर्षको तुलनामा करिब ४४ प्रतिशतले आम्दानी वृद्धि गरेको थियो।
यो वृद्धि आर्थिक वर्ष २०२५ को पहिलो १० महिनामा पनि कायम रहेकोले बजारमा यसको उत्पादन माग बढेको देखिन्छ। माल्ट र खमीर जस्ता कच्चा पदार्थको मूल्य घटेसँगै कम्पनीको आम्दानी बढेको हो।
बियर बोतलको लागत बढेको कारण ब्याज, कर, ह्रास कट्टी र परिशोधन (इबीआईटिडिए) मार्जिनमा बढेर २२.५८ पुगेको थियो। २०२५ को १० महिनामा भने यस्तो मार्जिन १४.६३ प्रतिशत रहेको छ।
कम्पनीले वित्तीय तथा सञ्चालनका विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ। कम्पनीको पुँजी संरचना अझै पनि उच्च लिभरेज्ड छ, अर्थात् ऋणको मात्रा बढी छ। आर्थिक वर्ष २०२५ को १० महिनामा गियरिङ अनुपात ६.३६ गुणा र कुल बाह्य दायित्व/वास्तविक खुदसम्पत्ति ७.९३ गुणा पुगेको छ।
हालैका दिनमा नाफामा भएको वृद्धि र सञ्चितिमा भएको बढोत्तरीका कारण लिभरेजस्तरमा क्रमिक सुधारको प्रवृत्ति देखिएको छ। ब्याज कभरेज अनुपात २.१६ गुणा र ऋण सेवा कभरेज अनुपात १.१६ गुणामा सुधार हुनुले आन्तरिक नगद प्रवाहबाट ऋण दायित्व पूरा गर्ने क्षमता बढेको संकेत गर्छ।
कम्पनी मौसमी कृषि उत्पादन जस्तै टुटो चामल, जौ र भुसको मूल्य उतारचढावले गर्दा आम्दानीमा प्रभाव परेको छ। यी कच्चा पदार्थको मूल्य उत्पादन, माग–आपूर्ति र मौसमी अवस्थाहरूमा निर्भर गर्छ, जसले कम्पनीको नाफा र नगद प्रवाहको स्थिरतामा जोखिम बढाउको छ।
यस्तै, नेपालको बियर उद्योगका लागि अन्तःशुल्कदरमा हुने निरन्तर वृद्धिले लागत र मूल्य निर्धारणमा असर परेको छ। आयातित बियरमा प्रतिलिटर २०० रुपैयाँ भन्सार शुल्क लाग्ने भएकाले घरेलु उद्योगलाई केही संरक्षण प्राप्त छ। समग्रमा यी जोखिम र दबाबहरूले कम्पनीको सञ्चालनमा चुनौती थपेको कम्पनीको रेटिङ रिपोर्टमा उल्लेख छ।