काठमाडौं। नेपालमा खासै चासो नदिइएको विषय टेलिकम क्षेत्रमा एउटै मोबाइल नम्बरमा फरक-फरक सेवा प्रदायक छनौट गर्न पाउने सेवा (मोबाइल नम्बर पोर्टेबिलिटी) सञ्चालन गर्ने एसिया–प्यासिफिक क्षेत्रकै पहिलो देशहरूमध्ये एक हो, हङकङ।
हङकङमा यो सेवा सन् १९९९ बाट सुरू भएको हो। यसले दूरसञ्चार बजारमा क्रान्तिकारी परिवर्तन ल्याउँदै ग्राहकलाई सेवा प्रदायक छनौटमा स्वतन्त्रता, प्रतिस्पर्धा र नयाँ प्रविधि प्रयोगमा प्रेरित गरेको छ।
यो सेवाले टेलिकम कम्पनीलाई गुणस्तर सुधार, मूल्यमा प्रतिस्पर्धा मात्रै गराएन। यसले पछिल्लो प्रविधि ५जी प्रविधि विस्तारको गतिलाई तीव्र पारेको थियो। हाल हङकङमा ९५ प्रतिशतभन्दा बढी नगर क्षेत्रमा ५जी कभरेज छ भने ६जी सेवा सञ्चालनका लागि नीतिगत व्यवस्था तथा सम्भाव्यता अध्ययनलाई समेत अन्तिम अवस्थामा पुर्याएको छ। हङकङले गत मे महिनामा विश्वव्यापी ६जी सम्मेलन गर्दै आफूलाई प्रविधि स्वीकार्यता अब्बल सावित गरेको छ।
प्रतिस्पर्धाले खुल्यो ६ जीको बाटो
हङकङमा टेलिकम सेवामा नेटवर्क, प्याकेज, गुणस्तरलगायतका माध्यमबाट फरक–फरक पहिचान र बिजनेश मोडलसहित चार वटा सेवा प्रदायकले प्रतिस्पर्धा गरिरहेका छन्।
सबैभन्दा ठूलो नेटवर्कको रुपमा चाइना मोबाइल हङकङ छ भने हङकङ टेलिकम प्रिमियम ग्राहक केन्द्रित छ। त्यस्तै, स्मार्ट टोन उच्च गतिको डाटा प्रदायकको रुपमा आफूलाई ब्राण्डिङ गर्दा हचिसन टेलिकम सस्तो सेवा प्रदायकका रुपमा परिचित रहेको छ।
यसले उपभोक्ताले आवश्यकताअनुसार सेवा छनौट र सोहीअनुसार सेवा प्रदायक छनौट गर्ने विकल्प पाएका छन्। अर्थात, कुनै उपभोक्तालाई उच्च गतिको डाटा प्रयोग गर्नु परेमा स्मार्टटोन र सस्तो चाहिए हचिसन छनौट गर्न सक्छन्। बढीमा दुई घण्टामै सेवा प्रदायक छान्न पाइने हुँदा उपभोक्तालाई स्वतन्त्रता प्रदान गरेको छ।
यसले सेवा प्रदायकबीच प्रतिस्पर्धा बढाउँदा सबैभन्दा पहिले ५जी सेवा सुरू गर्दै स्मार्ट टोनले उच्च गतिको डाटा सेवा दिने प्रदायक बनेको छ। त्यस्तै, हचिसन टेलिकमले अनलिमिटेड डाटा दिएर बजारमा हलचल मच्चाएको छ।
यो सेवा लागू भएसँगै उपभोक्ताले सेवा प्रदायक छनौट गर्ने स्वतन्त्रता पाए। जसले अनलिमिटेड डाटा प्याकेजको मूल्य आधाभन्दा बढीले सस्तिएको थियो। खपत सोही अनुपातमा बढेको थियो। चाइना मोबाइल हङकङले चीन–हङकङ एकीकृत प्याकेजसमेत सुरू गरेको छ।
यसले सेवा प्रदायकबीच प्रतिस्पर्धा बढाउँदा सबैभन्दा पहिले ५जी सेवा सुरू गर्दै स्मार्ट टोनले उच्च गतिको डाटा सेवा दिने प्रदायक बनेको छ। त्यस्तै, हचिसन टेलिकमले अनलिमिटेड डाटा दिएर बजारमा हलचल मच्चाएको छ।
हाल नगर क्षेत्रमा ९९ प्रतिशत ५जीको कभरेज पुगेको छ। डाटाको औसत डाउनलोड गति २५० एमबीपीएस पुगेको छ। हाल विश्वमा डाटाको औसत गति १०० एबीपीएस मानिन्छ। यो प्रतिस्पर्धाले नयाँ प्रविधि भित्र्याउने तथा ग्राहक आकर्षित गर्न प्याकेज बढाउँदै लगेका छन्।
नयाँ प्रविधि ल्याउने होडमा रहेका कम्पनीले ६जी परीक्षण तथा सञ्चालन गर्न प्रारम्भिक तयारीसमेत थालेका छन्। नियामक निकायले सन् २०३० सम्मको रोड म्याप तयार पारेको छ। जसमा २०२६ सम्म अनुसन्धान र प्रारम्भिक विकास, २०२७ देखि २९ सम्म परीक्षण र २०३० देखि देशव्यापी विस्तार गर्ने रोडम्याप तयार पारेको छ।
भविष्यमा ६जीमार्फत २०३० सम्ममा डाटाको गती १ टीबी र एआईमा आधारित होलोग्राफिक (दुवैतर्फका व्यक्तिहरू भौतिक रूपमा नभई होलोग्रामको रूपमा एक-अर्काको उपस्थितिको अनुभूति गर्न सक्छन्) सञ्चार विकास र विस्तारमा लागेको छ।
हरित ऊर्जामा आधारित शून्य कार्बन नेटवर्कमा जोड दिइएको छ। ग्रेटर बे एरिया मा क्रस बोर्डर पोर्टेबिलिटीको योजनासमेत अगाडि सारिएको छ।
कस्तो छ हङकङको पोर्टिबिलिटी सेवा
हङकङमा पोर्टेबिलिटी दर वार्षिक ४ प्रतिशत रहेको छ। हाल वार्षिक तीन लाख ५० हजार बढी उपभोक्ताले मोबाइल नम्बर पोर्टिबिलिटी सेवा लिने गरेका छन्। यो हङकङको जनसंख्याको झन्डै ४ दशमलव ५ प्रतिशत हो। यसमा ५० प्रतिशत उपभोक्ताले सस्तो योजनाका लागि नम्बर पोर्ट गर्छन् भने ३० प्रतिशतले सिग्नल कमजोर भएको कानरण पोर्ट गर्छन्। यस्तै २० प्रतिशत उपभोक्ताले अन्तर्राष्ट्रिय रोमिङ जस्ता अतिरिक्त सेवाका लागि पोर्ट गर्छन्।
नियामकले केही बाध्यकारी प्रावधान, समय सीमा निर्धारण, शुल्क नियन्त्रण, ग्राहक सुरक्षा र पारदर्शिता लागू गरेको छ।
यति मात्रै होइन सेवाको गुणस्तरसमेत सुधार भइरहेको छ। नेटवर्क विफलता दर ०.५ प्रतिशतमा झरेको छ। यसबाट उपभोक्ताको २.४ बिलियन (हङकङ मुद्रा) बचत हुने गरेको बताइएको छ।
नियामकको भूमिका
नियामक निकाय अफिस अफ द कम्युनिकेशन अथोरिटी (ओएफसीए)ले बलियो नियमन तथा सहजीकरण गरिदिँदा यहाँको टेलिकमले गुणस्तर सुधारेको मात्रै छैन, कम्पनीहरूलाई नयाँ प्रविधिमा जान सहयोग गर्दै आएको छ।
नियामकले केही बाध्यकारी प्रावधान, समय सीमा निर्धारण, शुल्क नियन्त्रण, ग्राहक सुरक्षा र पारदर्शिता लागू गरेको छ। कल ड्रप दर मापन, डाटा स्पिड, ग्राहक सेवाका लागि हटलाइन र २४ घण्टा गुनासो सुन्ने व्यवस्था मिलाएको छ भने नियम उल्लंघन हुँदा पाँच लाखसम्म (हङकङ मुद्रा) जरिवाना लिने गरेको छ। स्वचालित कृतिम बौद्धमत्ता (एआई)बाट झन्डै ८० प्रतिशत समस्या समाधान हुने गर्छ।
यी कम्पनीको तीव्र प्रतिस्पर्धाका कारण गत २०२३ मा ६ वटा मोबाइल भर्चुअल नेटवर्क प्रदायक (एमभीएनओ)ले सेवा बन्द गरे। यी यस्तो टेलिकम कम्पनी हुन्, जसले आफ्नै मोबाइल नेटवर्क टावरहरू (इन्फ्रास्ट्रक्चर) बनाउँदैन। तर, ठूलो मोबाइल सेवा प्रदायकबाट नेटवर्क भाडामा लिएर सेवा सञ्चालन गर्ने गर्छन्। यसैलाई मध्यनजर गर्दै नियामकले पूर्वाधार सहप्रयोगलाई बाध्यकारी बनाउँदै लगेको छ।
हाल देशका विभिन्न क्षेत्रमा १२ वटा एमभीएनओ सेवा प्रदायक सञ्चालनमा छन्। जसले डाटा केन्द्रित सेवा दिइरहेका छन् भने यिनका प्रमुख उपभोगता विदेशी पर्यटक रहेका छन्।
हङकङको मोडलले उपभोक्ताको बचतमा वृद्धि, सेवाको गुणस्तर सुधार र नवीन प्रयोगको संस्कृतिलाई प्रोत्साहन गरेको छ।
गुणस्तर मापदण्ड पूरा नगर्दा वार्षिक राजस्वको ५ प्रतिशत जरिवाना लगाउने तथा उपभोक्ता शिक्षा ’स्मार्ट कन्जुमर’ अभियानमार्फत पोर्टिङ जोखिमबारे पनि सजग गराइरहेको छ।
हङकङको मोबाइल नम्बर पोर्टेबिलिटी २५ वर्षे यात्रा विश्वभर अध्ययनको विषय बनेको छ। कडा नियमन, ग्राहक केन्द्रित नीति र प्रविधिमा लगानी कारण दूरसञ्चार बजारलाई कसरी गतिशील बनाउँछ भन्ने प्रमाणित गरेको छ।
हङकङको मोडलले उपभोक्ताको बचतमा वृद्धि, सेवाको गुणस्तर सुधार र नवीन प्रयोगको संस्कृतिलाई प्रोत्साहन गरेको छ। नेपाललगायतका देशहरूले यसबाट पारदर्शी नियमन प्रणाली, अनुकूल वातावरण र ग्राहक केन्द्रित बजार विस्तार तथा बिजनेश मोडेल सञ्चालनमा सहयोग पुग्ने देखिन्छ।