काठमाडौं। पाँचतारे होटल इच्छाले ९ महिनामा करिब ११ करोड रुपैयाँको व्यापार गरेको छ। बाराको सिमरामा अवस्थित होटल इच्छाले आर्थिक सन् २०२४/२५ को पहिलो ९ महिनामा १० करोड ८० लाख रुपैयाँ (अपरिस्कृत) बढीको व्यापार गरेको हो।
सन् २०१४ मा चारतारे होटलको रुपमा स्थापित इच्छा होटलले सन् २०२३ को मार्चमा पाँचतारे होटलको मान्यता पाएको थियो। होटलमा इच्छाबहादुर वाग्ले र उनको परिवारका सदस्यको सेयर स्वामित्व छ। वाग्ले परिवारको घरजग्गा, शिक्षा लगायतका अन्य क्षेत्रमा समेत लगानी रहेको छ।
होटलले आर्थिक वर्ष २०२४ मा १७ करोड १० लाख, २०२३ मा १० करोड ८० लाख, २०२२ मा ६ करोड र आर्थिक वर्ष २०२१ मा २ करोड ४० लाख रुपैयाँ बढीको व्यापार गरेको थियो। होटलको आम्दानीको करिब ३३ प्रतिशत हिस्सा क्यासिनोबाट प्राप्त हुने भाडा रहेको छ। तर, होटलले आफ्नो कोठाको भाडादर १५ प्रतिशतले घटाएको छ। होटलको औषत कोठा भाडादर ४ हजार रुपैयाँ छ। यो पाँचतारे होटलको कोठा भाडादरमा मध्यम मूल्य मानिन्छ।
होटलले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा गराएको रेटिङमा ‘डबल बी’ प्राप्त गरेको छ। यो उक्त रेटिङले ‘मध्यम स्तरको जोखिम’ अर्थात् होटलले समयमै वित्तीय दायित्व भुक्तानी गर्न सक्छ भन्ने संकेत गर्छ। तर, होटलले कर्जा लिन सीमा निर्धारण गरी रेटिङ गरेको होइन। होटलले आफ्नो वित्तीय अवस्थाको वास्तविकता रेटिङ गराएको हो।
होटलले भविष्यमा सार्वजनिक निष्कासन (आईपीओ)मा जाने योजना बनाएको छ। होटलले आफ्नो पुँजीमा उल्लेख्य सुधार गरेको रेटिङ रिपोर्टमा उल्लेख छ। सन् २०२३ मा २० करोड रहेको पुँजीलाई सन् २०२५ मा १ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ।
सन् २०२५ अन्त्यमा थप ८८ करोड रुपैयाँ पुँजी थप गर्ने होटलको योजना छ। यसका लागि होटलले ३० करोड रुपैयाँ आईपीओमार्फत पुँजी जुटाउने योजना बनाएको हो।