काठमाडौं। घरमा टायल र मार्बलको प्रयोगले घरको समृद्धि र सम्पन्नता बढाउँछ । घरलाई सुन्दर र सुरक्षित राख्न टायल र मार्बलको प्रयोग आवश्यक हुन्छ। खासगरी, भान्सा, बरन्डा, बाथरुम, भर्याङ आकर्षक, सफा र सुरक्षित बनाउन टायल र मार्बलको विशेष योगदान हुन्छ।
टायल र मार्बलका आ–आफ्नै विशेषता छन्। अहिले नेपाली बजारमा प्रशस्त मात्रामा टाइल तथा मार्बल पाइने गरिन्छ। आम नागरिकलाई कुन टायल किन्ने भनेर दुविधामा हुनुहुन्छ भने तपाई हाम्रो नजिक रहेको लेमिनार टायल उपयुक्त हुन्छ। अहिले उपत्यका विभिन्न आउटलेटबाट लेमिनार टायल्सको बिक्री वितरण भइरहेको छ।
आखिर के हो लेमिनार टायल्स?
सामान्यतया भन्नुपर्दा फुल्ली भिट्रिफाइड भनेको के हो भने सबैभन्दा कम पानी सोस्ने हो। टाइल कसरी ड्युरेबल हुन्छ थाहा पाउनेभन्दा जसले कम पानी सोस्छ, त्यो बढी ड्युरेबल हुने गरेको छ। फुल्ली भिट्रिफाइड टायल्सले ० दशमलव ०८ प्रतिशतभन्दा कम पानी सोस्छ। पोर्सिलिन टायल्सले लगभग ३ पर्सेन्टसम्म सोस्छ। सेरामिक टाइलले तपाईको १० पर्सेन्टसम्म सोस्न सक्छ। सेरामिक वालमा लाउने टाइल अझ १० पर्सेन्टभन्दा बढी सोस्ने गरेको छ।
बजारमा अहिले प्रशस्त मात्रामा पाउने अन्य टायल्सको तुलनामा यो भेट्रीफाईड टायल्स पुछ्दा छिटै पानी सोस्ने गर्छ। कहिले काही पानी लगायतका तरलदलार्थहरु पोखिदा अन्यत्रको अनुपातमा पानी कम सोस्छ। लामो समयसम्म टिकाउ हुन्छ। यदि कुनै टायल्सले बढी मात्रामा पानी सोस्यो भने त्यो टायल्स दिगो र भरपर्दो हुँदैन्। लेमिनार टायल्स एउटा ब्रान्ड हो। जुन बर्दियाको गुलरिया नगरपालिकास्थित ८ मा अत्याधुनिक प्रविधिसहित लुम्बिनी सेरामिक्स लिमिटेडले सो टायल उत्पादन सुरु गरेको छ।
उद्योगले लेमिनार भेटिफाइड टायल्स ब्राण्डको उपमा दिएर करिब २ वर्षदेखि उत्पादन सुरु गरेको छ। जसमा लेमिनार टायल्सअन्तगर्त म्याट, ग्लोसी ग्रीप जी, हाइग्लोस म्याट कारभिङ, फुल बढी भेट्रीफाइड रहेको छ। म्याट टायल्समा मानिसहरु सहज तवरबाट आवातजावन गर्न मिल्छ। पानी एवं तरल पदार्थहरु पोखिएको अवस्थामा पनि सहज तरिकाले हिड्न मिल्छ। अर्को ग्लसी नामक टायल्स टल्किने गर्छ।
यता ग्रीप जी नामक टायल्स निकै खस्रो हुने भएकाले गर्दा बाइक साइकल तथा कार पार्किगको लागि राख्न उपयुक्त हुन्छ जुन टायल्स खस्रो हुने गरेको छ। यता हाइग्लोस नामक टायल्स बाथरुमको लागि उपयुक्त हुने गर्छ। यो टायल्स टल्किनेमा पनि अझ टल्किने गर्छ। जुन बाथरुमको लागि निकै उपयुक्त हुने गर्छ। अर्को भनेको म्याट कार्भिङ टायल्स विशेषगरी ४५ डिग्री लाइट परेपछि टल्किने गरेको छ। यसलाई विशेष गरीर म्याट कार्भिङ भन्ने गरिन्छ।
त्यस्तै अर्को टायल्स फुल बढी भेट्रिफाइड हो। जुन मानिसहरुको आवतजावत बढी हुने सार्वजनिक स्थल सपिङ कम्पलेक्स, र सार्वजनिक शैचालयमा प्रयोग गर्दा यसको प्रभावकारिता राम्रो हुन्छ। यो टायल्स विशेष गरी विमानस्थल ठूलो ठूलो पार्किङ वस्तु तथा सामान खस्ने फुटन सक्ने वा मानिसहरुको आवतजावत गर्ने स्थानमा यस्तो प्रकारको टायल्स राख्दा जति खिए पनि सदावार नयाँपन देखिन्छ।
आएएसओ प्रमाणपत्र
लेमिनार टायल्स्को उत्पादक कम्पनी लुम्बिनी सेरामिक्स लिमिटेडले आइएसओ मापदण्डहरुको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरुको उत्पादनको प्रमाणीकरण हासिल गरेको छ। १०० प्रतिशत भिट्रिफाइड टायल ब्राण्ड, लेमिनार उत्पादनमा आएको केही हप्तामै आइएसओ प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रकै सम्भवत पहिलो कम्पनी बन्न सफल भएको छ।
स्थापनाको करिब १ वर्ष आधाको समयसम्म लेमिनार टायल्सको बजार अवस्था निकै राम्रो र उपभागकर्तापनि सन्तुष्टि रहेको कम्पनीको दाबी छ। लेमिनार टायल्सको गुणस्तर राम्रो र भरपर्दो भएका कारण लेमिनार टायल्स छोठो समयमा ग्राहकवर्गाको मन मस्किष्कमा बस्न सफल भएको छ।