काठमाडौं। रसुवामा गत असार २४ मा भोटेकोसीमा आएको बूलो बाढीले क्षतिग्रस्त ९ मध्ये पाँच j6f जलविद्युत् आयोजना पुनःमर्मतपछि सञ्चालन आएको ऊर्जा मन्त्रालयले जनाएको छ।
असार २४ मा तिब्बत क्षेत्रकाे लेन्द्रेखाेलाबाट भोटेकोसी नदीमा एक्कासि ठूलो बाढी आउँदा नेपाल–चीन रसुवागढी नाकाको मितेरी पुलसहित त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका ९ जलविद्युत आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको थियो। बाढीले २५० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको थियो।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत्ना, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ए, २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत्, १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्र, १४.३ मेगावाट क्षमताको अपर मैलुङ जलविद्युत्, ११ मेगावाट क्षमताको सूर्यकुण्ड जलविद्युत्ना, ५ मेगावाट क्षमताको बुद्धभूमि जलविद्युत् र २२०/१३२/३३ केभी क्षमताको त्रिशूली–३ बी हबमा क्षति पुगेको थियो।
क्षति पुगेकामध्ये चिलिमे, त्रिशूली, देवीघाट, सूर्यकुण्ड, बुद्धभूमिलगायत ९० मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजना सञ्चालनमा आएको ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले जनाए। ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजना केही दिनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ छ।
बाढीले सबैभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन केही महिना समय लाग्नेछ। विपद् व्यवस्थापनअन्तर्गत २ अर्ब ८० करोडको स्रोत सहमति प्राप्त गरी नदी व्यवस्थापन कार्य भइसकेको छ आचार्यले जानकारी दिए।