काठमाडौं। नेपाली बजारमा सनबिम ब्रान्डको सनफ्लावर तेल भित्रिएको छ। उपभोक्तालाई गुणस्तरीय खाने तेल उपलब्ध गराउन शाइन नेपाल ट्रेडिङ कम्पनी प्रा.लि.ले सनबिम ब्रान्डको सनफ्लावर तेल भित्र्याइएको जनाएको छ।
सनबिम खाने तेल उत्पादनका लागि अग्रणी मुलुक मलेसियाको ख्याति प्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड हो। सोमबार राजधानीमा आयोजित समारोहमा सनबिम ब्राण्डका सनफ्लावर तेल बिक्री सुरु भएको कम्पनीका प्रबन्ध निर्देशक वरुण लोहियाले जानकारी गराए।
लोहियाका अनुसार सनबिम तेल एस.डी. गुथ्री मलेसियाबाट उत्पादन भएको हो। जुन विश्वकै ठूला खाद्यान्न तेल उत्पादकमध्ये एक हो। सनबिम ब्रान्डको तेललाई नेपाली बजारमा नम्बर एक बनाउने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ।
सनबिम सिंगापुरमा पहिलो पटक सनफ्लावर तेल ल्याउने ब्रान्डको रूपमा चिनिन्छ। यसले सनफ्लावर, क्यानोला, मकैको तेल (कर्न आयल), राइस ब्रान र नरिवल जस्ता प्राकृतिक स्रोतबाट उत्पादन गरिएका विभिन्न प्रकारका खाने तेलहरू उत्पादन गर्दछ।
यी तेलको प्रयोगबाट खाना पकाउने स्वाद, बनावट, पोषण र गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने कम्पनीले जनाएको छ। विश्वकै ठूलो कम्पनीबाट नेपालमा गुणस्तरीय तेल आयात गर्ने शाइन नेपाल ट्रेडिङ लोहिया ग्रुपअन्तर्गतको कम्पनी हो।
संसारका ९० भन्दा बढी देशमा उपस्थिति रहेको एस.डी. गुथ्रीको दिगोपन र गुणस्तरप्रति प्रतिबद्धता अब नेपाली भान्सासम्म आइपुगेको प्रबन्ध निर्देशक लोहियाले बताए।
शाइन नेपाल ट्रेडिङले नेपालभरि विश्वस्तरीय एफएमसीजी सामग्रीको आयात र वितरण गर्दै नेपाली उपभोक्तासमक्ष उत्कृष्ट उत्पादन पुर्याउने प्रतिबद्धता जनाएको छ।