काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बोर्डले वेबसाइटमार्फत सार्वजनिक गरेको नयाँ नीति तथा कार्यक्रममा सरकारबाट सार्वजनिक आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा पुँजी बजारको सुदृढीकरण तथा पारदर्शिता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम समेटिएअनुसार नै रहेको जनाएको छ।
वस्तु विनिमयसम्बन्धी कानुन निर्माण, बोर्डको संस्थागत क्षमता सुदृढीकरण, स्टक एक्सचेन्ज पुनःसंरचना, नियामक निकायको क्षमता विकास, र जोखिम न्यूनीकरणका लागि नयाँ उपकरण परिचालन व्यवस्था नयाँ नीतिमा समावेश छन्।
बोर्डले पुँजी बजारमा नागरिकको लगानी र हित संरक्षणलाई प्राथमिकता दिएको छ। नेप्से पुनःसंरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि गरिने उल्लेख छ। सूचीकृत लगानी कम्पनी तथा अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने भएको छ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलमा लगानी गर्न सक्ने गरी कानुनी व्यवस्था गरिने उल्लेख गरिएको छ। साथै, सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार सुरु गरिने र गैरआवासीय नेपाली (एनआरएन) लाई पनि दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्था गरिनेछ।
बोर्डले डेरिभेटिभ्स कारोबारको पूर्वाधार विकास गर्ने, इक्विटी डेरिभेटिभ बजार सञ्चालनका लागि आवश्यक तयारी गर्ने, तथा अक्सन मार्केट व्यवस्था गर्न समेत सहजीकरण गर्ने नीति लिएको छ।
बोर्डबाट सार्वजनिक नीति