काठमाडाैं। चितवनको पर्यटकीय नगरी सौराहामा रोयल ट्युलिप चितवनद्वारा अल-डे-डाइनिङ रेस्टुरेन्ट ‘माझीघर’ को सौम्य शुभारम्भ भएको छ। लुभर होटल्स ग्रुप अन्तर्गत केटिएम हस्पिटालिटीद्वारा सञ्चालित एक लक्जरी ५-तारे रिसोर्ट, रोयल ट्युलिप चितवनले आज आफ्नो नयाँ अल-डे-डाइनिङ रेस्टुरेन्ट ‘ द माझीघर’ को सौम्य सुरुवात (सफ्ट ओपनिङ) को घोषणासगैं शुभारम्भ गरेको हो।
सौराहमा रहेको यो रिसोर्टको आगमनले यस क्षेत्रमा भोजन र आतिथ्य सत्कारको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ। माझी र थारु समुदायको समृद्ध सांस्कृतिक परम्पराबाट प्रेरित ‘माझीघर’ ले न्यानो र आमन्त्रित वातावरण प्रदान गर्ने केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहले बताए।
पाहुनाहरूले स्थानीय विभिन्न प्रकारका परिकारहरूको आनन्द लिन सक्छन्। स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय दुवैको अनुभव प्रदान गरेर चितवनको आतिथ्य परिदृश्यलाई समृद्ध बनाउने उनको भनाइ छ।
‘हामिले अहिले रेष्टुरांको मात्र सौम्य शुभारम्भ गरेका हौं’, उनले भने, ‘छिटै आगामी असोजदेखि होटल भव्य उद्वघाटनसहित सुरू गर्नेछौं।’
चितवन राष्ट्रिय निकुञ्जको किनारमा अवस्थित यस रिसोर्टमा ६५ वटा सुन्दर कोठा र भिलाहरू छन्। जसले परिष्कृत आरामलाई प्रकृतिको मनमोहक सुन्दरतासँग जोड्ने काम गरेको अध्यक्ष शाहको भनाइ छ।
४ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा सुन्दर ढंगले डिजाइन गरिएका आवासहरू छन्। जसमा विशेष पुल भिला, वाटर भिला र माचान सुइटहरू रहेका छन्, जुन सबैले मनमोहक दृश्य र विलासी सुविधाहरू प्रदान गरेका छन्। पाहुनाहरूले स्पा, फिटनेस सेन्टर, पौडी पोखरी र माझीघर, फरेस्ट फ्लेम, माचान (एक घुम्ने डेक) र जीवन्त तनावी स्पोट्र्स बारमा विविध भोजन अनुभव जस्ता विश्व–स्तरीय सुविधाहरूको आनन्द लिन सक्छन्।
प्रकृतिको सुन्दरता, र जंगली जनावरका अवलोकनले आनन्दित तुल्याउनुका साथै क्षेत्रीय पर्यटनलाई बढावा दिन, स्थानीय रोजगारीका अवसरहरू सिर्जना गर्न र चितवनमा विलासिताका लागि नयाँ बेन्चमार्क स्थापित गर्ने प्रयास भएको उनले बताए।
रोयल ट्युलिप चितवनले नेपालको पर्यटन उद्योगलाई सुदृढ पार्न, स्थानीय अर्थतन्त्रलाई सहयोग गर्न र सौराहाका स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। रिसोर्टका महाप्रबन्धक सचिन शर्माले उपरोक्त दृष्टिकोण लाई आत्मसात गर्दै रिसोर्ट संचलन गर्नेमा प्रतिबद्ध रहेको जानकारी दिए।
उनले भने,‘दिगो विकासप्रति प्रतिबद्ध, रोयल ट्युलिप चितवनले इन–हाउस वाटर बोटलिङ प्लान्ट र स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोग जस्ता पहलहरू सुरु गरेको छ, जसले १०० भन्दा बढी स्थानीय रोजगारी सिर्जना गर्नेछ।’