काठमाडौं। नेपालका चर्चित ह्विस्की भनिएको ‘नेप्से बुल्स, रोयल ब्लु, ग्रे वुल्फ, बेरिज एन्ड ब्लुज र द गभर्नर उत्पादक सागर डिस्टिलरीलाई रेटिङ एजेन्सी इन्क्रोमेरिक्सले कमजोर ‘बिप्लस’ दिएको छ। कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन प्रयोजनका लागि गराएको रेटिङमा इन्फोमेरिक्सले ‘बिप्लस’ रेटिङ पुनः पुष्टी भएको गरेको हो।
सागर डिस्टिलरी एक वर्षदेखि सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारीमा छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्ने अनुमति नेपाल धिताेपत्र बाेर्डबाट पाइसकेकाे छ। कम्पनीले हाल प्राप्त गरेको रेटिङले वित्तीय दायित्व भुक्तानीमा उच्च जोखिमयुक्त (हाइरिक्स अफ डिफल्ट) संकेत गर्छ। यस्तो रेटिङ भएको कम्पनीले जारी गर्ने सेयरमा लगानी गर्दा लगानीकर्ताले सावधानी अपनाउनुपर्ने हुन्छ।
कम्पनीको सञ्चालक आकारसमेत सानो र उच्च लागतका कारण नाफा मार्जिन सामान्य रहेको रेटिङ रिपोर्टमा उल्लेख छ।
कम्पनीको व्यापारमा सामान्य १.७० प्रतिशतले थप गरेर आर्थिक वर्ष २०२४/२५ मा १८ करोड रुपैयाँ बढीको व्यापार गरे पनि रेटिङको गुणस्तर खस्किएको हो। कम्पनीले आव २०२३/२४ मा १७ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
साथै, कम्पनीको सञ्चालक आकारसमेत सानो र उच्च लागतका कारण नाफा मार्जिन सामान्य रहेको रेटिङ रिपोर्टमा उल्लेख छ। कम्पनीको प्लान्ट क्षमता उपयोगिता सन् २०२४ मा १८.६९ प्रतिशत रहेकोमा २०२५ मा आइपुग्दा १२.५० प्रतिशतमा सिमित भएको छ। कम्पनीले उत्पादनको बजार विस्तारका लागि ठूलो रकम विज्ञापनमा खर्च गर्दा पनि सञ्चालन लागत बढेको छ।
नवलपुरको देवचुलीमा उद्योग संरचना निर्माण गरी सन् २०१४ मा सागर डिस्टिलिरी स्थापना भएको हो। अल्कोहल तथा अल्कोहल मिश्रणको पेय पदार्थ उत्पादन गर्ने कम्पनीको वार्षिक उत्पादन क्षमता ५० लाख लिटर रहेको छ।
यसको मुख्य उत्पादनमा लालिपप गोल्ड/एप्पल/लेमन/ओरेन्ज (७० यूपी), रोयल ब्लू (४० यूपी), ग्रे वुल्फ (४० यूपी), बेरिज एन्ड ब्लुज (४० यूपी), नेप्से बुल्स (३० यूपी) र द गभर्नर (२५ यूपी) हुन्।
कम्पनीमा आशुतोष खेतानको १४.५२ प्रतिशत, अल्का गोयल १०.६३ प्रतिशत र सन्दीप जालान ९.१४ प्रतिशत सेयर स्वामित्व छ। यी सञ्चालक अनुभव ब्रोकरेज, सूचना प्रविधि, मिडिया र घर जग्गालगायतमा लगानी छ।