काठमाडौं। छोटो समयमै उच्च तहका कर्मचारी एकपछि अर्को होटलमा जाने प्रवृत्तिलाई न्यूनिकरण गर्न तारे होटलका कर्मचारीलाई ‘कुलिङ पिरियड’ लगाउने विषयमा बहस सुरु भएको छ। सरकारी कर्मचारीको कुलिङ पिरियडको तयारी अन्तिम चरणमा पुगिरहदा तारे होटलका कर्मचारीलाई पनि म्यानेजरदेखि माथिल्लो पदमा कम्तिमा १ वर्षसम्म काम छोडेको संस्थाबाट अर्कोमा जान नपाउने व्यवस्था गर्ने विषयमा बहस सुरु भएको हो।
नयाँ/नयाँ होटलहरु खुल्ने प्रतिस्पर्धा चलिरहँदा त्यहाँ आबद्ध उच्च तहका कर्मचारीहरुलाई समेत प्रलोभनमा परी छिटो छिटो संस्था परिवर्तन गर्ने प्रवृत्ति बढेसँगै कुलिङ पिरियडको बहस सुरु भएको हो।
उच्च तहका कर्मचारीहरु एक वर्ष पनि एउटा होटलमा नबस्ने र अर्कोमा गइहाल्ने समस्याबाट आजित भएर व्यवसायीहरुले न्यूनतम समय तोकेर कुलिङ पिरियड राख्नुपर्ने धारणालाई अगाडि बढाइरहेका छन्।
होटल एसोसिएन अफ नेपाल(हान)का पूर्वअध्यक्ष एसीई होटल्स ग्रुपका अध्यक्ष योगेन्द्र शाक्यले म्यानेजरदेखि माथिल्लो तहका कर्मचारीहरुलाई न्यूनतम एक वर्ष अर्को प्रतिस्पर्धी संस्थामा आबद्ध हुन नपाउने व्यवस्था गर्न आवश्यक रहेको बताए।
‘एउटा होटलले आफ्नो वार्षिक क्यालेण्डर बनाएर योजना बनाएको हुन्छ, त्यो योजना अनुसार टार्गेट दिइएको हुन्छ,’ अध्यक्ष शाक्यले भने, ‘कतिले त्यो तार्गेट उदारोमा पु¥याएर आफ्नो बोनस लिएर अर्कोमा जान्छन्, त्यो बेलाको सबै घाटा कम्पनीलाई नै हुन्छ।’
छोटो समय एउटामा काम गरेर अर्कोमा जाँदा पुरानो संस्था अर्थात होटलको पोलिसीसमेत हुबहु अर्कोमा लागू गरिएको पाइने गरेको उनले बताए। यसरी कर्मचारीहरुलाई सहजै रुपमा एक पछि अर्को संस्थामा जाने वातावरण दिँदा व्यवसायीहरु सधै घाटामा परिरहने गरेकोले यसमा हानले विशेष नीतिनै ल्याएर कर्मचारीहरुलाई त्यो नीतिभित्र राख्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। यो विषयमा हानमा आफूले धेरै पहिलादेखि उठाउँदै आएको उनको भनाइ छ।
काठमाडौं म्यारियटका अध्यक्ष शशिकान्त अग्रवालले कर्मचारीमा कुलिङ पिरियड नभएकै कारण ६/६ महिनामा परिवर्तन भैरहेको बताए। ‘कर्मचारीहरुलाई जागिर छोड्ने अधिकार हुन्छ,’ अध्यक्ष अग्रवालले भने, ‘कर्मचारीहरुले पनि कम्तीमा लगानीकर्ताको पक्षबाट पनि सोच विचार गरेर न्यूनतम नैतिकता प्रदर्शन गर्न आवश्यक छ।’
दक्ष जनशक्ति अभाव भइरहेको बेलामा फुत्तफुत्त संस्था परिवर्तन गरिदिँदा बीचमा कर्मचारीमा गरिएको लगानीसमेत उठ्न नपाई छोड्ने गरेको व्यवसायीहरुको गुनासो छ।
म्यानेजर लेभलदेखि माथिल्लो तहका कर्मचारीहरु एकबाट अर्कोमा जादा बिजनेश पोलिसि समेत लिएर जाने भएकोले प्रतिस्पर्धी होटलहरुलाई निकै समस्या भएकोले होटल एसोसिएनले यो विषयमा तत्कालै कडा कदम नचाले कर्मचारीहरुमा मनोपली बढ्ने उनको भनाइ छ।
दक्ष जनशक्ति अभाव भइरहेको बेलामा फुत्तफुत्त संस्था परिवर्तन गरिदिँदा बीचमा कर्मचारीमा गरिएको लगानीसमेत उठ्न नपाई छोड्ने गरेको व्यवसायीहरुको गुनासो छ।
मेची क्राउनका सञ्चालक बलराम सापकोटाले कर्मचारीहरुलाई कुलिङ पिरियड लगाउने विषयमा हानले तत्कालै निर्णय गर्नुपर्ने बेला आइसकेको बताए। कर्मचारीहरु एकपछि अर्को कम्पनीमा दौडिरहने र सञ्चालकहरु भने सधै समस्यामा परिरहने स्थीति आएकोले तत्कालै यो विषयमा छलफल गरेर निर्णयमा पुग्नुपर्ने उनले बताए।
सेवा सुविधामा कुनैप नि समस्या भएमा सञ्चालकसँग बसेर छलफल गर्न परेमा पनि तयार रहेको बताउँदै प्रतिस्पर्धीहरुले पनि काम सुरु गरेको न्यूनतम समय हेरेर मात्र कर्मचारी तान्नुपर्नेमा ध्यान दिनसमेत अनुरोध गरे।
हानका एक पदाधिकारीका अनुसार कुलिङ पिरियडको विषयमा सञ्चालक समितिको बैंठकमा बारम्बार कुरा उठे पनि हालसम्म निर्णयमा पुगेका छैनन्। पछिल्लो समय एकपछि अर्को होटलमा कर्मचारीहरु जाने प्रतिस्पर्धा नै चल्न थालेको छ।
अहिले सरकारी कर्मचारीहरुलाई सेवा निवृत्त भएको २ वर्षसम्म कुनै पनि सार्वजनिक नियुक्ती लिन नपाउने व्यवस्था निजामती विद्ययकमा ल्याउने गरी तयारी थालिएको छ।
अमेरिकामा उत्पादन हुँदै आएको विश्व प्रशिद्ध प्रतिस्पर्धी ब्राण्ड कोकाकोला र पेप्सी कम्पनीमा काम गर्ने कर्मचारीहरुलाई एक अर्को कम्पनीमा जानलाई पाँच वर्षको समय सीमा निर्धारण गरिएको छ। अर्थात एक कम्पनीबाट अर्को कम्पनीमा जागिर खान जानुपरेमा पाँच वर्ष कुनै एक कम्पनीमा काम छोडेको हुनुपर्ने छ।
विश्वका अन्य मुलुकमा निजी बैंकमा एकबाट अर्को बैंकमा जान चाहेमा दुइ वर्षसम्म कुर्नुपर्ने र बीचमा गएमा वा कुनै जानकारी प्रतिस्पर्धी बैंकलाई दिएमा जेल जरिवानासमेत कानुन छ। तर, नेपालमा बैंकका प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतले जागिर छोडेको संस्थाबाट अर्कोमा जानलाई ६ महिनाको समय कटाउनुपर्ने हुन्छ।
अहिले सरकारी कर्मचारीहरुलाई सेवा निवृत्त भएको २ वर्षसम्म कुनै पनि सार्वजनिक नियुक्ती लिन नपाउने व्यवस्था निजामती विद्ययकमा ल्याउने गरी तयारी थालिएको छ। संसदबाट विधेयक पास भए पनि बीचमा गडबडी भएको भन्दै अहिले छानविन चलिरहेको छ।