काठमाडौं। सामसुङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ः अल्ट्रा–पातलो, हलुका एवं इन्ट्युटिभ इन्टेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्ट फोन साउन २२ देखि २९ सम्म प्रि–अर्डर गर्न मिल्ने जनाएको छ।
ग्यालेक्सी जेड फोल्ड७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र एआई प्रविधिलाई एकसाथ ल्याएको छ। यो डिभाइसले अल्ट्रा–स्मार्ट फोनको रूपमा प्रिमियम प्रदर्शन गर्छ भने खोल्नेबित्तिकै ठूलो र इमर्सिभ डिस्प्लेमार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर दिने कम्पनीको दाबी छ।
ग्यालेक्सी जेड फ्लिप७ स्मार्ट एआई फिचरसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो। यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम छ–फ्ल्यागसिप क्यामेरा, एज–टु–एज फ्लेक्सविन्डो र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउने कम्पनीको भनाइ छ।
सामसुङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स डिभिजन प्रमुख निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड७ ले फोल्डेबल स्मार्ट फोनको विकासलाई पुनः परिभाषित गरेको एवं ग्यालेक्सी एआई र अत्याधुनिक हार्डवेयर संयोजनले प्रयोगकर्तालाई सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिने बताए।
ग्यालेक्सी जेड फ्लिप७ ले परिस्कृत डिजाइन ल्याएको छ, जसमा झनै ठूलो र उपयोगी कभर स्क्रिन छ। दुई क्यामेरा वरिपरि रहेको बेझेल मात्र १.२५ मिमि मोटाइको छ भने ४.१ इन्चको फ्लेक्सविन्डोले पूरै सतह ओगटेकाले गोजीबाट झिकेर सीधै प्रयोग गर्न मिल्ने फोल्डेबल अनुभव लिन सकिने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार नेपालमा यी स्मार्ट फोन २५६जीबी भेरियन्टमा साउन २२ देखि प्रि–अर्डर लिन सकिनेछ। प्रि–अर्डरमा ५,००० को अग्रिम भुक्तानी गरेपछि ग्राहकले ओटीपी प्राप्त गर्नेछन् भने स्टोरमा नयाँ फोल्डेबल फोन प्राप्त गर्दा खरिद प्रमाणित गर्न सक्ने कम्पनीले जनाएको छ।