काठमाडाैं। ग्राहकलाई लुटपाट गरेको आरोपमा प्रहरीले गोङ्गबुका दुईवटा डान्सबारबाट २३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले गोल्डेन बार एण्ड क्लब र क्रिष्टल बार एण्ड क्लबमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूमा दुवै डान्सबारका सञ्चालक र त्यहाँ कार्यरत कर्मचारीहरू रहेका छन्। प्रहरीका अनुसार गोल्डेन बार नुवाकोटका पदम सिंह ठकुरीले र क्रिष्टल बार कञ्चनपुरका सुवास सिंह ठकुरीले सञ्चालन गरेका हुन्।
ती डान्सबारका कर्मचारीले सडकमा हिँडिरहेका मानिसहरूलाई विभिन्न प्रलोभन देखाएर बारमा ल्याउने र त्यसपछि उनीहरूलाई लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएकाे छ।
क्रिष्टल बारबाट सीता कुमारी थापा, सलिना आले मगर, रोशिका भट्टराई, लक्ष्मी राई, स्मृती लिम्बु, शुसिला मगर, सामराज तामाङ, विनोद रतौली, समिर खड्का, दिल कुमार रसाइली, र विराज तामाङलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
यसैगरी, गोल्डेन बारबाट शशिकला खत्री, अनिशा थापा, अञ्जना मुक्तान, सबिना मगर, सुक्रिन्ता मगर, करुणा थापा, सुन्दर तामाङ, राज कुमार तामाङ, राजेन्द्र तामाङ, देवराज तामाङ, अनिल तामाङ र आदित्य लामालाई प्रहरीले पक्राउ गरेकाे हाे।
पक्राउ परेका सबैमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको र त्यसका लागि ५ दिनको म्याद थप गरिएको प्रहरीले बताएको छ।