काठमाडौं। नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस दसैँलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर ‘दिनदिनै दसैँ’ ल्याएको छ।
यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ।यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउने छन्। यसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउने छ।
सहभागी हुन, ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सिरियल नम्बर टाइप गरी सामसङ स्पेस सिरियल नम्बर लेखेर ३५००१ मा एसएमएस पठाउनुपर्ने छ।
प्रत्येक दिन, एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर एक लाख पाउने छन्। अन्य १० जना विजेताले १० हजार मूल्य बराबरको शपिङ भौचर प्राप्त गर्ने छन्। यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउने छन्।
यी शपिङ भौचरलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बनेको छ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितका अनुसार, ‘दिनदिनै दसैँ’मार्फत सामसङले हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको छ।
यो अफरले दसैँको महत्वलाई आत्मासाथ गर्नुका साथै, सामसङको प्रयोगकर्ताको जीवनलाई अझ समृद्ध बनाउन योगदान पुर्याउने छ।