काठमाडाैं। धनुषाका १७ वर्षीय सामाजिक अभियन्ता तथा सामग्री निर्माता कृष यादवलाई ‘गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५’ को उपाधि प्रदान गरिएको छ। ललितपुरको द प्लाजामा ग्लोकल प्रालिद्वारा आयोजित एक विशेष समारोहमा आज उनलाई यो सम्मान प्रदान गरिएको हो।
यस वर्षको शीर्ष ६ प्रतिस्पर्धीमध्ये यादवले यो उपाधि जितेका हुन्। अन्य अन्तिम प्रतिस्पर्धीहरूमा स्याङ्जाकी मानुषी न्यौपाने (एसआरएचआर अभियन्ता), कपिलवस्तुका निश्चल ढुंगाना (जलवायु न्याय अभियन्ता), जुम्लाका अक्सफोर्ड आचार्य (नीति अभियन्ता), सर्लाहीकी रेनुका सिंह (कृषि उद्यमी) र रूपन्देहीका सफल पौडेल (एआई डेभलपर) रहेका थिए।
यादव एक १७ वर्षीय सामाजिक रूपमा जिज्ञासु कन्टेन क्रिएटर हुन् जसलाई समाजले कसरी कार्य गर्छ र विकसित हुन्छ भन्ने कुरा बुझ्नमा गहिरो रुचि छ। सामाजिक विज्ञानमा बलियो जग बसालेका उहाँले विभिन्न रचनात्मक टोलीको नेतृत्व गरेका छन्, सार्वजनिक बहसहरू सञ्चालन गरेका छन् र प्रमुख राष्ट्रिय मुद्दाहरूमा वृत्तचित्रहरू निर्माण गरेका छन्।
कृषले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गरेका छन् र नीतिमा केन्द्रित पहलहरूका लागि स्थानीय सरकारहरूसँग काम गरेका छन्। उनी कथावाचन, शिक्षा र सामाजिक अनुसन्धानमा गहिरो रूपमा संलग्न एक गतिशील किशोर नेता र सामग्री निर्माता हुन्। उनी ‘टीएनसी अनस्क्रिप्टेड’ नामक युट्युब च्यानलको लोकप्रिय रियालिटी बहस कार्यक्रम ‘टीएनसी डीभेटस्’ का होस्ट र निर्माता पनि हुन्।
अन्तिम छनोटको काम निर्णायक टोलीले गरेको थियो, जसमा कोका-कोला नेपालकी कन्ट्री डाइरेक्टर सुश्री चन्द्रिका कालिया, डब्ल्यूडब्ल्यूएफ नेपालका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, गोलछा ग्रुपकी निर्देशक सुश्री सीमा गोल्छा र नेपालका लागि युरोपेली संघका चार्ज डी’अफेयर्स थोमस मिलर रहेका थिए। किशोर-किशोरीहरूलाई उनीहरूको आवेदन, रिजुमे, सहयोगी कागजात र उनीहरूको उपलब्धिका बारेमा लेखिएका निबन्धका आधारमा छनोट गरिएको
गोल्छा ग्रुपले जनाएकाे छ।