काठमाडौं। भाटभटेनी सुपरमार्केटले भित्री सहरबासीलाई लक्षित गरी मिनी मार्केट खोल्ने तयारी थालेको छ। भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बढ्दो सहरी बस्तीलाई केन्द्रमा राख्दै मिनी मार्केट सञ्चालन गर्ने योजना भएको बताएका हुन्।
अध्यक्ष गुरुङले पहिलो चरणमा नेपालका ठूला-ठूला सहरमा सञ्चालनमा रहेको स्तरमा मिनी भाटभटेनी सञ्चालन गर्ने तयारी भएको बताए। उनले भित्र सहरमा सानो खालको खोल्ने योजना बनाएको जानकारी दिए।
पछिल्लो समय सहरको भिडभाडबाट केही टाढा बसाइँ बस्ने सोचका साथ सहरभन्दा टाढा घर बनाएर बस्नेहरुको संख्या बढिरहेको छ। ती बस्तीलाई ध्यानमा राखेर साना आकार तर सबै सामानहरु उपलब्ध गराउने गरी मार्केट बनाउने योजना अघि सारिएको अध्यक्ष गुरुङको भनाइ छ।
हाल भाटभटेनीको २७ वटा स्टोर सञ्चालित छ। निकट भविष्य ५१ वटासम्म पुर्याउने योजना बनाइरहेको छ।
एकै ठाउँमा सबै खालका सामानहरु पाउने गरी बनाउन आवश्यक जग्गा पाउन केही कठिनाइ हुने र निश्चित सामानहरु मात्र राख्दा भाटभटेनीप्रतिको विश्वास गुम्ने भएकाले यसलाई ध्यानमा राखेर मिनी मार्केटको डिजाइन भइरहेको समेत उनले बताए।
पछिल्लो समय धेरैको सपिङ गन्तव्य भाटभटेनी परिरहेको बेला ठूला बस्तीहरुलाई केन्द्रमा राखेर मिनी मार्केटलाई बढावा दिने तयारी भएको उनको भनाइ छ। ‘हाल विभिन्न ठाउँमा स्थानको खोजी भइरहेकाले कहाँबाट र कति सुरु हुन्छ भन्ने कुनै टुंगो भएको छैन,’ अध्यक्ष गुरुङले भने, ‘सुरुमा सबै सहरमा भाटभटेनी स्टोर सञ्चालनमा आएपछि मिनीमार्ट चलाउने योजना हाम्रो हो।’
हाल भाटभटेनीको २७ वटा स्टोर सञ्चालित छ। निकट भविष्य ५१ वटासम्म पुर्याउने योजना बनाइरहेको छ। हाल सञ्चालनमा रहेका स्टोर ठूला सहर केन्द्रित रहेकाले अब विस्तारित सहरभित्र सेवा विस्तार गर्न मिनी भाटभटेनीको अवधारणामा काम गर्न थालिएको उनको भनाइ छ।