काठमाडौं। भाटभटेनी सुपर स्टोरका देशभरका विभिन्न शाखामा आगजानी, तोडफोड र लुटपाट हुँदा ठूलो क्षति भएको छ।
भवनसहित ध्वस्त भएका शाखामा काठमाडौंका टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारको गोदामसहित पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरान रहेका छन्।
यस्तै, कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी र इटहरी शाखामा तोडफोड र सामान लुटपाट भएको भाटभटेनी स्रोतले जनाएको छ।
टोखा, सातदोबटो, अनामनगर, सनागाउँ, त्रिपुरेश्वर–यूडब्ल्यूटीसी, पाटन र नेपालगञ्ज शाखा भने सुरक्षित रहेको जनाएको छ। घटनापछि के कति क्षति भयो भन्ने बारेमा अहिले विवरण संकलन भैरहेको उल्लेख गरेको छ।