काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगी र जलविद्युत् प्रवद्र्धकलाई फरक फरक व्यवहार गरेको खुलेको छ । प्राधिकरणले उद्योगबाट लिनुपर्ने शुल्क फागुन महिनाको सरह लिने निर्णय गरेको छ । जलविद्युत् प्रवद्र्धकलाई तिनुपर्ने रकममा कोरोनालाई बहाना देखाएको छ ।
कोरोना भाइसरको संक्रमण बढ्ने भन्दै प्राधिकरणले जलविद्युत् प्रवद्र्धकलाई चैतमा भुक्तानी गनुपर्ने भुक्तानी गर्न नसकिने सूचना निकालेको छ । तर, उद्योगबाट लिनुपर्ने शुल्क भने उद्योगीले तिर्नुपर्ने छ । त्यो पनि फागुन महिनासरह नै ।
एक उद्योगीका अनुसार उद्योगसँग फागुन महिनाको सरह शुल्क लिने हो भने जलविद्युत् प्रवद्र्धकलाई फागुन महिनासरह रकम तिर्नुपर्छ । कोरोना भाइसरले लिनुपर्नेमा नरोक्ने तर, तिर्नुपर्नेमा मात्रै रोक्ने होर ? ।
प्राधिकरणले उद्योगीले आफ्नो मिटरमा उठेको अंक भनेर सोही अनुसार तिर्नुपर्ने पनि निर्णय गरेको छ । यदि उद्योगीले उक्त अंक नभनेको अवस्थामा प्राधिकरणले फागुन महिनासरह बिल काट्ने तयारी थालेको हो ।

तर, प्रवद्र्धकलाई तिर्नुपर्ने रकममा भने कोरोनालाई अघि उभ्याइएको एक जलविद्युत् प्रवद्र्धकले क्यापिटल नेपाललाई जानकारी दिए ।
‘कोरोना भाइसरले असर पुर्याए दुवै क्षेत्रलाई पुर्याएको छ । लिनुपर्नेलाई असर नपुर्याउने तिर्नुपर्नेलाई मात्रै असर पुर्याउने भन्ने हुन्छ,?’ ती प्रवद्र्धकले प्रश्न गर्दै भने ‘प्राधिकरणको हरेक सबस्टेसनमा मिटर हुन्छ । सम्पूर्ण सवस्टेसन चलिरहेका छन् । त्यहाँ जडान भएका मिटर हेरेर तिर्नुपर्ने रकम प्रवद्र्धकलाई तिरे हुँदैन ।’

प्राधिकरणले २०७६ चैत १३ गते एक सूचना निकाल्दै सबै विद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीहरु (विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भई सञ्चालनमा रहेका सबै आयोजनाहरुलाई अहिले भुक्तानी गर्न नसकिने बताएको छ ।

कोरोना भाइरस महामारी रोगका कारण विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) उल्लेखित काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएको हुँदा सञ्चालनमा रहेको निजी क्षेत्रका विद्युत् आयोजनाहरुको मिटर रिडिङ, मासिक बिल भुक्तानी तथा सो सम्बन्धी अन्य कार्यहरु समयमा गर्न नसकिएमा काबु बाहिरको परिस्थितिका कारण दायित्व पूरा गर्न नसकिएको मानिने र क्षतिपूर्ति वा हर्जाना बुझाउने नपर्ने व्यवस्था आकर्षित हुने व्यहोरा प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरेका सम्पूर्ण सम्बन्धीत प्रवद्र्धक कम्पनीहरुलाई अनुरोध गरिन्छ भन्ने सूचना निकालेको छ ।
तर, प्राधिकरण सञ्चालक समिति उद्योगसँग भने फागुन महिनामा तिरे सरह महशुल बुझाउन ताकेता पनि गरेको छ । यद्यपि, प्राधिकरणले अहिलेसम्म कुनै पनि उद्योगमा बिल भने पठाएको छैन् ।
प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बिजुलीको महशुलका लागि उद्योगमा ताकेता नगरेको बताए । देश गम्भीर अवस्थामा सरकारले सबै काम रोकेका बेला बिजुलीको बिल उठाउन ताकेता नगरेको उनको भनाई छ ।