काठमाडौं। बागमती, कोसी, नारायणी, पूर्व राप्त, कमला नदीको बहावले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहानको मापनअनुसार कर्णाली, महाकाली र तिनका सहायक नदीको बहाव सतर्कताभन्दा तल छ।
यस्तै, काठमाडौं, ललितपुर, भक्तपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, चितवन र आसपासका जिल्ला बाढीको अति उच्च जोखिममा रहेको महाशाखाको पूर्वानुमान छ।
नदी तटीय क्षेत्र अति उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन महाशाखाले सुझाएको छ।
साथै इलाम, झापा, मोरङ, धनकुटा, र्तथुम, पांचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान छ।
यसैगरी कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखांची, प्युठान, दाङ, बांके, बर्दिया र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।