काठमाडौं। शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा आफ्नो लोकप्रिय ब्राण्ड रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुटको घोषणा गरेको छ। कम्पनीले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्ट फोनमा अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गरेको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार नयाँ मूल्य समायोजनले ‘सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउने’ वाचालाई पुनः दोहोर्याउने प्रयास गरेको छ। उनले अझ धेरै प्रयोगकर्ताले कुनै सम्झौता नगरी रेड्मी नोट १४ सिरिजको फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्ने बताइन्। मनस्वीले कम्पनीले ग्राहकहरूका लागि रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने लक्ष्य राखेको र यसले ग्राहकहरूलाई सरल मूल्यमा फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको अनुभव लिन सक्षम बनाउने जानकारी दिइन्।
रेड्मी नोट १४ को 6GB + 128GB भेरियन्टको मूल्य रु. २४,९९९ बाट घटेर रु. २३,९९९ भएको छ भने 8GB + 256GB भेरियन्टको मूल्य रु. २७,९९९ बाट घटेर रु. २६,९९९ भएको छ। त्यस्तै, रेड्मी नोट १४ (5G) को 8GB + 256GB भेरियन्टको मूल्य रु. ३०,९९९ बाट घटेर रु. २९,९९९ कायम गरिएको छ र 12GB + 512GB भेरियन्ट अब रु. ३५,९९९ को सट्टा रु. ३४,९९९ मा उपलब्ध हुनेछ।
आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनका साथ, रेड्मी नोट १४ सिरिजले प्रयोगकर्ताका हरेक अपेक्षा पुरा गर्दै आएको कम्पनीले जनाएको छ।
संशोधित मूल्यहरू २०८२ साल असोज ७ गते (सेप्टेम्बर २३, २०२५) देखि लागू भइसकेका छन्। यी छुटसहितका स्मार्टफोनहरू नेपालभरका सबै शाओमीका अधिकृत बिक्रेता तथा खुद्रा बिक्रेता र प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध रहेकाे कम्पनीले बताएकाे छ।