काठमाडौं। नेपालमा तीन महिनामा करिब तीन अर्ब रुपैयाँको अलकत्रा (बिटुमिन) आयात भएको छ। भन्सारको विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनाको अवधिमा ४० हजार ९९४ टन परिमाणको अलकत्रा आयात गरिँदा दुई अर्ब ७९ करोड २२ लाख ७५ हजार रुपैयाँ खर्च भएको हो। 
यो अलकत्रा गत वर्ष सोही अवधिको तुलनामा २४ हजार १८५ टन परिमाण बढी अलकत्रा आयात भई एक अर्ब ६४ करोड ७९ लाख ९० हजार रुपैयाँ बढी खर्च भएको हो। गत आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा १६ हजार ८०९ टन परिमाणको अलकत्रा आयात भएको थियो। सो बराबर अलकत्रा आयात गरिदा एक अर्ब १४ करोड ४२ लाख ८५ हजार रुपैयाँ खर्चको विभागको तथ्यांकमा उल्लेख छ। सडक कालोपत्रे (पिच) गर्न प्रयोग हुने अलकत्रा आयात गरिन्छ।
नेपाल निमार्ण व्यवसायी महासंघका महासचिव रोशन दाहालले अलकत्राको मूल्य घटेका कारणले आयात हुन सक्ने अनुमान लगाएका छन्। ‘मूल्य घटेको समयमा विटुमिन ल्याएर स्टक गर्ने होला,’ उनले भने, ‘अहिले ठेक्कै हाम्रो निमार्ण कार्य बढेको छैन, उहाँहरुले घटेको समयमा स्टक गर्नका लागि ल्याउन सकिन्छ, विटुमिनमा ल्याएर ५ देखि ६ महिनासम्म स्टक गर्न सकिन्छ।’
अन्तर्राष्ट्रिय बजारमा पनि अलकत्राको मूल्यमा गिरावट आएको देखिएको छ। ६० वा ७० ग्रेडको अलकत्राको मूल्य नोभेम्बर ३ मा प्रति ड्रमको मूल्य ३७३ यूएस डलर छ। यूएस डलर १४२.५४ को रेटलाई आधार मान्ने हो भने, ५३ हजार १६७ रुपैयाँ ४२ पैसा प्रतिड्रम मूल्य पर्न जाने देखिन्छ। एक महिनाअघि अर्थात सेप्टेम्बर १ मा सोही ग्रेडको अलकत्राको मूल्य ३९६ यूएस डलर अर्थात ५६ हजार ४४५रुपैयाँ ८४ पैसा प्रति ड्रम थियो। 
तीन महिनाको अवधिमा प्रतिड्रम २३ यूस डलर अर्थात तीन हजार २७८ रुपैयाँ ४२ पैसाले मूल्य घटेको छ। सो स्टिलको ड्रममा १५० देखि १८० किलो प्रतिड्रम अलकत्रा हुने गरेको छ।
यसले संघीयतापछि पालिका स्तरमा व्यापक कालोपत्रे सडकहरु निमार्ण भएको पुष्टि गर्छ। संघीयताअगावै हजार टनमा सिमित रहेको विटुमिनको परिमाण एक लाख बढी टन आउन थालेको छ।
नेपालमा संघीयतापछि अलकत्रा आयात झनै बढेको देखिन्छ। संघीयताअगाडि अर्थात आर्थिक वर्ष २०७४/७५ मा ४४ हजार टन अलकत्रा ल्याउन नेपालबाट २ अर्ब ०२ करोड ७५ लाख ४० हजार रुपैयाँ खर्च भएको थियो। तर, गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनामै को ९ अर्ब ६१ करोड बराबर रुपैयाँ बराबरको १ लाख ३३ हजार टन अलकत्रा भित्रिएको छ। संघीयताअगावै करोडमा आयात हुने अलकत्रा ह्वात्तै बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ। 
यसले संघीयतापछि पालिका स्तरमा व्यापक कालोपत्रे सडकहरु निमार्ण भएको पुष्टि गर्छ। संघीयताअगावै हजार टनमा सिमित रहेको विटुमिनको परिमाण एक लाख बढी टन आउन थालेको छ। यस्तै, १ देखि २ अर्ब रुपैयाँको आयात हुने विटुमिन हाल वार्षिक ९ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ। यसरी विटुमिन आयात रकम र परिमाण बढ्दै गएको भन्सार विभागको तथ्यांक छ। यसो हुनुमा पालिका स्तरसम्म सडक पुग्नु र कालोपत्रे बनेको सडक विभागले जनाएको छ।
आर्थिक वर्ष २०७३/७४ मा एक अर्ब ०२ करोड ८८ लाख ६० हजार रुपैयाँको ४० हजार टन अलकत्रा आयात भएको छ। २०७२/७३ मा १ अर्ब ९४ करोड ६६ लाख ८५ हजार रुपैयाँ बराबरको ३३ हजार टन अलकत्रा आयात भएको भन्सार विभागको तथ्यांक छ। तर संघियतायता आर्थत आर्थिक वर्ष २०७५/७६ मा ६ अर्ब ३७ करोड ६७ लाख ६९ रुपैयाँको १ लाख १८ हजार टन अलकत्रा आयात भएको छ। यस्तै, आर्थिक २०७५/७६ मा १ लाख ८५ हजार टनको अलकत्रा आयात गर्दा ७ अर्ब ६१ करोड ०२ लाख ३७ हजार रुपैयाँ रकम खर्च भएको छ।