काठमाडौं। सामसुङ नेपालले नयाँ स्मार्ट फोन ग्यालेक्सी एस२५ एफई (फ्यान अडिसन) नेपाली बजारमा सार्वजनिक गरेको छ। विशेषगरी युवा पुस्ता र कन्टेन्ट क्रियटर लक्षित ग्यालेक्सी एस२५ एफईमा प्रिमियम एआई क्षमता, एडभान्स्ड क्यामेरालगायत सुविधा रहेको कम्पनीले जनाएको छ। 
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित फोनले भ्वाइस, टच र भिजुअल अन्तक्र्रियामार्फत सहज अनुभव दिने दाबी कम्पनीको छ।
यस्तै, फोनमा रियल–टाइम भर्चुअल सहायताका लागि जेमिनाई लाइभ, व्यक्तिगत अपडेट गर्न नाउ बार र नाउ ब्रीफ, अन–स्क्रिन जवाफका निम्ति सर्कल टु सर्च, एआई–सञ्चालित प्रोभिजुअल इन्जिन, अपग्रेड गरिएको १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा, सुपर एचडीआरमार्फत स्पष्ट रङ, सेल्फी, भिडिओ खिच्न सकिनेलगायत सुविधा छन्।
जेनेरेटिभ एडिट, पोट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो, अडियो इरेजरजस्ता फिचरले फोटो तथा भिडिओ एडिटिङलाई थप सहज बनाएको कम्पनीको भनाइ छ। सामसुङ ग्यालेक्सी एस२५ एफईमा ४,९०० एमएएचको ब्याट्री रहेको छ, जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। 
८ जीबी प्लस २५६ जीबी भेरियन्टमा उपलब्ध सामसुङ ग्यालेक्सी एस२५ एफईको मूल्य ९९ हजार ९९९ रुपैयाँ पर्छ। ग्राहकले सामसुङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज)मार्फत शून्य प्रतिशत ब्याजदर र ईएमआई योजनामा ग्यालेक्सी एस२५ एफई खरिद गर्न सक्ने कम्पनीले बताएको छ।