काठमाडौं। दिगो विकासका लक्ष्यहरु प्राप्तिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यवसायिक साझेदारीमार्फत टेवा पुर्याउन अग्रसर कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ।
'एक खाता एक रुख' सिद्धान्तमा आधारित यो योजनाअन्तर्गत खोलिने हरेक खाताबापत एक रुख बैंकका तर्फबाट रोपिने हुनाले प्रत्येक निक्षेपकर्ताको पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्ष रुपमा सहभागिता रहनुका साथै खातावालले आकर्षक सुविधासमेत प्राप्त गर्ने छन्।
योसँगै ग्राहकले साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाखसम्मको बिमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैकिङ्ग सेवा, दुई लाखसम्मको फोनलोन सुविधा (योग्यताअनुसार) र यस योजनाअन्तर्गत खोलिएका प्रत्येक खाताबापत एक रुख रोपिने छ।
यो योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवर्द्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरुमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाता बापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैंकका दिगो बैकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले बताएका छन्।
बैंकले सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने छन्।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन तथा दिगो विकासका अन्य लक्ष्यहरु हसिल गर्न संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत विभिन्न परियोजनामा सहभागी हुँदै देशभर रहेका अफ्नो ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ्ग इकाईमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।