काठमाडौं। नेपालको नं. १ टायल्स र बाथवेयर ब्रान्ड सोमानी सेरामिक्सले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
पूर्वकप्तान खड्का नेपालमा सोमानी सेरामिक्सको ब्रान्ड फेसको रुपमा रहने र उनले टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफिलगायत सोमानी सेरामिक्सका सबै उत्पादनहरुको ब्रान्ड प्रवर्द्धनका विभिन्न क्रियाकलापमा सहभागी गराईने कम्पनिले जनाएको छ।
सहकार्यको बारेमा बोल्दै सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी रहेको बताउँदै, उनको लगनशीलता र उत्कृष्टताको यात्राले नवीनता र नेतृत्वको सिद्धान्तलाई झल्काउने उल्लेख गरे। नेपाल लामो समयदेखि सबैभन्दा मूल्यवान बजारमध्ये एक रहेकोले खड्काको विश्वसनीयताले गुणस्तर, डिजाइन अझ बलियो बनाउने उनकाे भनाइ छ।
उनले भने, ‘उहाँले यो सहकार्य केवल साझेदारी मात्र होइन, अग्रणी व्यक्तित्व र अग्रणी कम्पनीको मिलन हो, जसले सुन्दर भविष्य निर्माणका लागि प्रेरणा दिनेछ।’
सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले भने, ‘पारस, एक चर्चित अलराउन्डर र नेपालमा घर–घरमा चिनिएको नाम हाे। केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारीता र सकारात्मक प्रभावका लागि पनि सबै पुस्तामा लोकप्रिय छन्।’
खड्काले यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै आफुले जिवनमा लिएको मूल्यमान्यता जस्तै उत्कृष्ट र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।