काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नजिकिँदै गर्दा एनपीएलको ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेकोले प्रतियोगिताको ट्रफी प्रदर्शन गरेको छ। कम्पनीले काठमाडौंको उत्तरढोकामा रहेको सोरुममा आज एक कार्यक्रमकाबीच ट्रफि प्रर्दशनी गरेको हो।
ओमोडा एण्ड जेको ब्रान्ड एनपीएलको दोस्रो संस्करणमा आधिकारिक ड्रिभन पार्नरका रुपमा आवद्ध रहेको छ। अघिल्लो सिजनमा पनि कम्पनी एनपीएलको ड्रिभन पार्नर थियो। नेपालका लागि ओमोडा एण्ड जेक्कोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स हो।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। ओमोडा एन्ड जेकोको यो सहकार्यले खेलकुद र अटोमोटिभ क्षेत्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ। ट्रफी प्रदर्शनी कार्यक्रममा गौरव शारडाले मंसिर १ गतेदेखि हुने नेपाल प्रिमियर लिग पनि ओमोडा एण्ड जेक्को जोडिन पाउँदा खुशी लागेको बताए।
‘एनपीएलको गत सिजन साँच्चै प्रेरणादायी थियो। नेपालका क्रिकेट प्रशंसक र खेलाडीहरुको जोश र प्रदर्शन शक्ति देखेर हामीलाई यो राष्ट्रलाई चलाउने अटुट भावनाको सम्झना भयो,’ उनले भने, ‘हामी एनपीएल ट्रफी टुर चलाएर त्यो यात्रालाई अझ अगाडि बढाउन पाउँदा गर्व गर्छौं।’
एनपीएल मैदानमा खेलाडी तथा खेल हेर्न पुग्ने दर्शकले समेत जेइको÷ओमोडा रोबोट डट गुड बोइसँग इन्टर्याक्सन गर्न पाउने छन्। कटिङ एज टेक्नोलोजीमा आधारित इन्टेलिजेन्ट मेकानिकल रोबोट गुड बोइ चीनको चर्चित अटोमोबाइल कम्पनी चेरी अटोमोबाइल अन्तर्गतको जेइको/ओमोडा सबब्रान्डमा उत्पादन भएको हो। उक्त रोबोट डग गुड बोइले कुद्न, उफ्रन तथा भोइस कमान्डमा चल्न सक्छ।
गुड बोइ डाइनामिक डिजाइनमा तयार पारिएको रोबोट डगमा क्यामेरा जडान गरिएको छ। जेइको÷ओमोडा ग्लोबलको एइमोगा टेक्नोलोजी प्रालिको अत्याधुनिक प्रविधिमा आधारित रहेर यो रोबोट डल डिजाइन गरेको हो। जेइको÷ओमोडा नेपालले उक्त रोबोट डगको उपयुक्त नाम सिफारिस गर्न समेत भनेको छ।