काठमाडौं। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २१ करोड रकमको धान खरिद गरेको छ। खाद्य कम्पनीले कार्तिक ११ गतेदेखि मंसिर १ गतेसम्म २१ करोड २२ लाख ३८ हजार ८६२ रुपैयाँको धान खरिद गरेको हो।
खाद्यले सवा २१ करोड बराबार रकमको ६१ हजार १२७ क्वीटल धान खरिद गरेको कम्पनीले जनाएको छ। यो रकम सिधैं किसानको खातामा जम्मा भएको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताएका छन्।
कम्पनीले हाललाई देशभर १३ वटा खरिद केन्द्र तोकेको छ भने आवश्यकता अनुसार स्थानीय तहसँग समन्वय गरी धान खरिद गरिरहेको छ। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा कम्पनीले धान खरिद गरेको हो।
कम्पनीले महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, विरगंज, लहान, जनकपुर, विराटनगर र विर्तामोड गरी १३ वटा शाखाबाट धान खरिद गरिरहेको छ। कम्पनीले पश्चिम नेपालबाट धान खरिद सुरु गरी पूर्वका जिल्लामा धान खरिद गर्दै आएकाे छ।
यस आर्थिक वर्षका लागि कम्पनीले प्रारम्भिक चरणमा १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। तर, यसबाट १० क्वीन्टल गहुँ खरिद गर्ने तयारी गरेको छ। यो वर्ष १ लाख ८० हजार क्विटल धान खरिद गर्ने जनाएको छ। यो वर्ष सरकारले धानको न्युनतम समर्थन मूल्य मोटा धान प्रतिक्वीन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्वीन्टल ३६ हजार २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ।