काठमाडौँ। छिमेकी भारतलाई मुख्यता विभिन्न भाषाहरूको सुन्दर संगम रुपमा हेरिने गरेको छ। सन् २०११ को जनगणनाअनुसार, हाम्रो देशमा सूचीकृत २२ वटा प्रमुख भाषाहरू र मान्यता प्राप्त १ हजार ३६९ वटा मातृभाषाहरू रहेका छन्।
यतिको ठूलो अद्भूत विविधता हाम्रो सबैभन्दा ठूलो सांस्कृतिक सम्पत्ति हो। तर, दशकौंदेखि यसको भित्री सतहमा एउटा मौन विरोधाभास लुकिरहेको छ। हाम्रो उच्च शिक्षा, कानुनी प्रणाली र आधुनिक डिजिटल अर्थतन्त्रको जग पूर्ण रूपमा अंग्रेजी भाषामा मात्र अडिएको छ।
अचम्मको कुरा त के छ भने, भारतमा अंग्रेजीलाई आफ्नो मातृभाषा मान्नेहरू केवल ० दशमव ०२ प्रतिशत मात्र छन्। जुन १ दशमलव ४ अर्बको जनसंख्यामा करिब २ लाख ६० हजार जति मात्र हुन आउँछ। अंग्रेजीलाई दोस्रो वा तेस्रो भाषाको रूपमा प्रयोग गर्नेहरूलाई समेत जोड्ने हो भने पनि देशको झण्डै ९० प्रतिशत जनसंख्या अंग्रेजी भाषाको दायराभन्दा बाहिर छ। यो केवल एउटा सामान्य असुविधा मात्र होइन। यो त एउटा यस्तो संरचनागत अन्याय पनि हो, जसले लाखौं प्रखर मस्तिष्कहरूलाई उनीहरूको प्रगतिका लागि आवश्यक पर्ने ज्ञान र प्रणालीबाट व्यवस्थित रूपमै टाढा राखिदिएको छ।
डिजिटल युगले यो संकटलाई अझ वृद्धि गराएको छ कि इन्टरनेट एण्ड मोबाइल एशोसिएशन अफ इन्डिया र कान्तारद्वारा संयुक्त रूपमा प्रकाशित इन्टरनेट इन इन्डिया रिपोर्ट २०२४ अनुसार, भारतका ८८ करोड ६० लाख इन्टरनेट प्रयोगकर्तामध्ये ९८ प्रतिशतले स्थानीय भारतीय भाषाहरूमा सामग्री हेर्ने गरेका छन्। सो प्रतिवेदन भारतको सबैभन्दा भरपर्दो वार्षिक डिजिटल सर्वेक्षण हो, जसले सबै राज्यका ९० हजारभन्दा बढी घरधुरीलाई समेटेको छ। यसबाहेक, सहरका ५७ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरू अंग्रेजीको तुलनामा आफ्नै क्षेत्रीय भाषाका सामग्रीहरू मन पराउने गर्छन्।
तर, अनलाइनमा उपलब्ध सामग्रीको अवस्था भने यसको ठीक विपरीत छ। वेब विश्लेषण गर्ने संस्थाको तथ्यांक अनुसार भारतमा सबैभन्दा बढी बोलिने भाषा भए तापनि विश्वभरका वेब डोमेनहरूमा हिन्दी भाषाको हिस्सा मात्र ० दशमलव ०७ प्रतिशत रहेको छ। त्यस्तै, करोडौँ मानिसले बोल्ने बंगाली र उर्दू जस्ता भाषाहरू इन्टरनेटमा भटाउन कठिन हुने गरेको छ। सोही कारणले गर्दा प्रत्येक वर्ष क्षमतावान् विद्यार्थीहरू प्राविधिक शिक्षाबाट टाढिँदै गएका छन्।
राष्ट्रिय शिक्षा नीति २०२० ले मातृभाषामा शिक्षालाई प्राथमिकता दिएर यो समस्या समाधान गर्ने एउटा इमानदार र साहसिक कदम चालेको थियो
यो उनीहरूको बौद्धिक क्षमताको कमीले होइन, पढाइने माध्यम उनीहरूका लागि अनैठो भएकोले गर्दा यो अवस्था आएको हो। लाखौँ नागरिकहरू कानुनी अधिकार, कल्याणकारी योजना वा स्वास्थ्यसम्बन्धी जानकारीहरू पाउनबाट बञ्चित छन्, किनभने ती कागजातहरू उनीहरूलाई पढ्न र बुझ्न कठिनाई हुने गरेको छ।
राष्ट्रिय शिक्षा नीति २०२० ले मातृभाषामा शिक्षालाई प्राथमिकता दिएर यो समस्या समाधान गर्ने एउटा इमानदार र साहसिक कदम चालेको थियो। तर, प्रविधिको साथ विना नीति मात्रै हुनु एउटा अधुरो सपना जस्तै रहन्छ। अहिले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृत्रिम बुद्धिमताले हामीलाई त्यस्तो बलियो प्राविधिक जग दिइरहेको छ, जसले यो नीतिलाई वास्तविक रूपमै जीवनमा उतार्न सक्छ।
भारत सरकारको शिक्षा मन्त्रालयअन्तर्गत एआईसीटीईसँग आबद्ध मुनाफा नकमाउने संस्था अनुवादिनी फाउन्डेसनमा हाम्रो मुख्य उद्देश्य परिष्कृत आर्टिफिसियल इन्टेलिजेन्सलाई लोककल्याणकारी माध्यमका रूपमा प्रयोग गर्नु हो, जसले ठूलो स्तरमा भाषाहरूको सम्मान र गरिमा फर्काउन सकोस्। यसका नतिजाहरू अहिले नै देखिन थालेका छन्।
हाम्रो प्लेटफर्मको अनुवाद इन्जिनले अहिलेसम्म १५० करोडभन्दा बढी पानाहरू प्रशोधन अनुवाद गरिसकेको छ। प्राविधिक र सन्दर्भगत शुद्धता सुनिश्चित गर्न यसले विभिन्न विषयका ८७० भन्दा बढी विशेष शब्दकोशहरू प्रयोग गर्दछ। यसबाहेक, हामीले मात्र तीन महिनाको छोटो अवधिमा ७ सय भन्दा बढी एनसीईआरटीका पाठ्यपुस्तक र ७२१ वटा सीप विकासका पुस्तकहरू क्षेत्रीय भाषाहरूमा अनुवाद गरेका छौँ।
यहि कार्यक्रमलाई विद्यालयको पाठ्यक्रम तयार पार्ने भारतको सर्वोच्च निकाय राष्ट्रिय शैक्षिक अनुसन्धान र तालिम परिषद्सँगको सक्रिय सहकार्यमार्फत अगाडि बढाइएको छ। यो साझेदारी विशेष गरी एनसीईआरटीका आधारभूत पाठ्यपुस्तक र सिकाइ सामग्रीहरूलाई भारतका सूचीकृत क्षेत्रीय भाषाहरूमा अनुवाद गर्नमा केन्द्रित छ।
परम्परागत रूपमा रहेका प्रणालीगत बाधाहरूलाई तोड्न प्रविधिले ठूलो स्तरमा काम गर्नुपर्छ। हाम्रो अनुवाद गर्ने औजार बुज्जीले यसको राम्रो उदाहरण दिन्छ।
एनसीईआरटीको पाठ्यक्रमले २५ करोडभन्दा बढी विद्यालयका बालबालिकाहरूलाई समेट्छ। जब यी शैक्षिक सामग्रीहरू उडिया, मैथिली, सन्थाली र डोग्री जस्ता भाषाहरूमा उपलब्ध हुन्छन्। तब यसको प्रभाव पुस्तौँपुस्तासम्म रहनेछ। एनसीईआरटीसँगको हाम्रो यो साझेदारीले राष्ट्रिय शिक्षा नीति २०२० को वास्तविक परिकल्पना आउँछ। सरकारी कागजमा मात्र सीमित सोच होइन कक्षाकोठाहरूमा मातृभाषामा शिक्षा पुर्याउने एउटा जीवन्त प्राविधिक माध्यम पनि हो।
परम्परागत रूपमा रहेका प्रणालीगत बाधाहरूलाई तोड्न प्रविधिले ठूलो स्तरमा काम गर्नुपर्छ। हाम्रो अनुवाद गर्ने औजार बुज्जीले यसको राम्रो उदाहरण दिन्छ। यसले इन्डिजाइन, कोरेलड्र, पीपीटी, र फोटोशप जस्ता डिजाइन सफ्टवेयरहरूभित्रै सिधै काम गरेर हजारौँ पानाका जटिल इन्जिनियरिङ, मेडिकल र कानुनी पुस्तकहरूलाई तिनको स्वरूप फर्म्याट र वास्तविक अर्थ नबिगारी क्षेत्रीय भाषाहरूमा अनुवाद गर्ने गरेको छ।
भारतको अर्को केरला राज्यमा ५ हजार १३६ भन्दा बढी जिल्ला अदालतका फैसलाहरू मलयालम भाषामा अनुवाद गरिएका छन्। यसले न्यायलाई जनताकै भाषामा बुझ्न सकिने बनाएको छ। हाम्रो रियल टाइम बहुभाषिक अनुवाद र ट्रान्सक्रिप्सन औजारले सञ्चारलाई अझ सजिलो बनाएको छ। यसले ४७ मिनेटसम्म बोलिएका स्थानीय भाषाहरूलाई सुनेर तत्कालै सही अनुवाद गरिदिन्छ, जसले गर्दा फरक भाषा बोल्ने नागरिक र सरकारी संस्थाहरूबीच सहजै कुराकानी हुन सम्भव भएको छ।
अनुवादिनी एआईले श्री राम जन्मभूमि, इन्क्रेडिबल इन्डिया र राष्ट्रपति भवनका वेबसाइटहरू पनि अनुवाद गरिसकेको छ। यस संस्थाको संस्थागत साझेदारीको दायरा निरन्तर फैलिरहेको छ। हालै केन्द्रीय आयुर्वेदिक विज्ञान अनुसन्धान परिषद्सँग भएको सम्झौताअनुसार अनुसन्धानमूलक लेखहरू, बुलेटिनहरू र सूचनामूलक सामग्रीहरूलाई १३ वटा क्षेत्रीय भाषाहरूमा अनुवाद गरिँदैछ। यसले गर्दा आयुर्वेदसम्बन्धी प्रमाणिक र सही ज्ञान नागरिकहरूले आफ्नै भाषामा पाउन सक्नेछन् र स्वास्थ्य क्षेत्रमा फैलिने भ्रम तथा गलत सूचनाहरू कम हुने छन्।
प्रविधिले डिजिटल सुरक्षा र सार्वभौमिकतालाई पनि सम्बोधन गर्नुपर्छ। जब करोडौँ क्षेत्रीय भाषा बोल्ने मानिसहरू डिजिटल संसारमा प्रवेश गर्छन्, उनीहरूलाई आफ्नो गोपनीयता सुरक्षित राख्ने बलियो र सुरक्षित माध्यम चाहिन्छ। हाम्रो प्लेटफर्मको एउटा सुपर ग्लोबल कम्युनिकेसन एप हाइप्ड संवादनीले सिमबाइन्डिङ र पर्ण रूपमा सुरक्षित मेसेजिङ प्रविधिभित्रै बहुभाषिक अनुवादको सुविधा दिन्छ। यसले कमजोर वर्ग, विशेष गरी महिला र ज्येष्ठ नागरिकहरूलाई डिजिटल पहिचान चोरी हुनबाट र आर्थिक ठगीबाट जोगाउँछ भने उनीहरूलाई आफ्नै मातृभाषामा सहजै कुराकानी गर्न मद्दत गर्दछ।
यी त एउटा यस्तो समावेशी ज्ञानमा आधारित समाज निर्माणका आधारहरू हुन्, जहाँ प्रविधि कुनै व्यापारिक उत्पादन मात्र नभएर सार्वजनिक सेवाको रूपमा उपलब्ध हुन्छ।
अहिले भारतका ठूला र प्रतिस्पर्धी राष्ट्रिय परीक्षाहरू जस्तै पनि हाम्रो प्रविधिको माध्यमबाट क्षेत्रीय भाषाहरूमा उपलब्ध हुन थालेका छन्। यसले विद्यार्थीहरूको मूल्यांकन उनीहरूको अंग्रेजी भाषाको ज्ञानका आधारमा नभई सम्बन्धित विषयको क्षमताका आधारमा हुने कुरा सुनिश्चित गर्दछ। यी कामहरू कुनै छिटपुट प्रयास मात्र होइनन्। यी त एउटा यस्तो समावेशी ज्ञानमा आधारित समाज निर्माणका आधारहरू हुन्, जहाँ प्रविधि कुनै व्यापारिक उत्पादन मात्र नभएर सार्वजनिक सेवाको रूपमा उपलब्ध हुन्छ।
त्यस्तै यो परिवर्तन अब कुनै टाढाको कल्पना मात्र होइन। यो आज ओडिसाका इन्जिनियरिङ कलेजहरूमा, केरलाका अदालतहरूमा र ती विद्यालयका कक्षाकोठाहरूमा प्रत्यक्ष देख्न सकिन्छ, जहाँ एउटा बच्चाले आफ्नी आमाले घरमा बोल्ने भाषामै एनसीईआरटीको पाठ्यपुस्तक पढिरहेको छ।
भारत सधैँ धेरै आवाजहरूमा बोल्दै आएको देश हो। आर्टिफिसियल इन्टेलिजेन्स लाई समानताको माध्यमका रूपमा प्रयोग गरेर, हामीले बल्ल ती सबै आवाजहरूलाई सुन्न सक्ने संस्थाहरूको निर्माण गरिएको हो।- डा. बुद्ध चन्द्रशिखर
लेखक भारत सरकारको शिक्षा मन्त्रालयअन्तर्गत एआईसीटीईका मुख्य समन्वय अधिकारी तथा अनुवादिनी फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत हुन्।