काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स जेनजी सेभिङ अकाउन्ट प्रारम्भ गरेका हुन्।
नयाँ बचत खाताले युवा विशेषगरी विद्यार्थी, फ्रिलान्सर, क्रियटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैलीअनुरूपको वित्तीय आवश्यकताको समाधान दिने विश्वास बैंकले लिएको छ।
बचत खाताका विशेषतामा न्यूनतम १०० मै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। युवा ग्राहकको कारोवारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सी–आस्बा कमिसन तथा सी–आस्वा रजिस्ट्रेसनजस्ता महत्त्वपूर्ण सेवा पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ।
एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिए मात्र ५०० मा उपलब्ध हुने विशेष बन्डल्ड सुविधासमेत रहेको बैंकले जनाएको छ।
यस्तै, ट्राभल कार्ड इस्यू चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेनजी ड्यासबोर्डमार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने सकिने बैंकको भनाइ छ। बचत खाता प्रयोगकर्तालाई पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुनेछ।