काठमाडौं । राष्ट्र बैंकले सहजीकरण नगरेपछि वीरगन्जस्थित सुख्खा बन्दरगाहबाट कन्टेनर छुट्न नसकेको खुलेको छ । ड्याप (डकुमेन्ट एगेन्स्ट प्रिजेन्टेसन) को हाडकपी अनिवार्य देखाएपछि मात्रै प्रक्रिया अघि बढाउन बैंकलाई निर्देशन दिएपछि भएभरका कन्टेनर सुख्खा बन्दरगाहमा थुप्रिएको खुलेको हो ।
लेटर अफ क्रेडिट (एलसी) खोलेर मगाइएको सामानको डकुमेन्ट इमेलबाट आएको हुने भन्ने बनाएको तर, ड्यापबाट झिकाइएको सामानको हाडकपी नै आवश्यक पर्ने निर्देशन जारी गरे पनि केन्टेनर छुटाउन नसकिएको व्यापारीहरुले बताएका छन् ।
यस्तो असहज परिस्थितिमा ड्यापमा झिकाइएको सामानको पनि डकुमेन्ट इमेलबाट आएकोलाई मान्यता दिने बित्तिकै भोलिबाटै सुख्खा बन्दरगाहबाट कन्टेनर छुट्ने एक व्यापारीले बताए ।
‘हामीले यो समस्याको बारेमा केन्द्रीय बैंक, वाणिज्य सचिव बैकुन्ठ अर्याल र उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडलाई पटक पटक राखिसक्यौ,’ ती व्यापारीले भने, ‘यस्तो संकटको बेला हाडकपी नै चाहिन्छ भनेपछि कसरी सुख्खा बन्दरगाहबाट सामान छुट्छ ?’
व्यापारीले दुई तरिकाबाट मालसामान मगाउँदै आएका छन् । एउटा एलसी खोलेर र अर्को ड्यापमार्फत डकुमेन्ट एगेन्स्ट प्रिजेन्टेसन (बैंकलाई डकुमेन्ट दिएको भरमा पेमेन्ट हुने सिष्टम) ।
ड्यापमा सामान मगाउँदा एलसी खोल्नुपर्दैन । ड्यापअन्तर्गत आएका जति पनि सामान छन्, कुरियर नआएर डकुमेन्ट आउन पाएनन् । डकुमेन्ट नआई बैंकले पेमेन्ट गरिदिँदैन् र पेमेन्ट नभएपछि सामान छुट्दैन । अहिले भएको मुख्य समस्या यही हो । कोरोनाले नेपाल मात्रै पीडित बनेको होइन्, अन्य देश पनि पीडित बनेका छन् । ती देशबाट आउनुपर्ने डकुमेन्ट आएको छैन् ।
राष्ट्र बैंकले पनि एलसीको केसमा इमेलबाट आएको डकुमेन्टलाई मान्यता दिएर र सोही डकुमेन्टलाई आधार मानेर बैकले भुक्तानी गर्छ । सामान आए पनि डकुमेन्ट नआएर धेरै व्यापारीले सुख्खा बन्दरगाहबाट सामान छुटाउन सकेका छैनन् । बन्दरगाहमा रोकिएको ७० प्रतिशत सामानको डकुमेन्ट आइपुगेको छैन् ।
अर्को समस्या के छ भने, डमुकेन्ट आइपुगेको कन्टेनरलाई अरु १० ओटा कन्टेनरले थिचिएको छ । माथिको १० ओटा कन्टेनर नलिकालेसम्म आफ्नो् कन्टेनर निस्किँदैन ।
डमुकेन्ट भएको कन्टेनर एक ठाउँमा राख्ने र नभएको जति अर्को ठाउँमा राख्ने भन्ने हुँदैन । त्यसले पनि केही समस्या बनाएको छ । व्यापारीले ड्यापमा मगाएका सामानलाई एलसीमा कन्र्भट त गर्दै छन् । तर, समय धेरै लाग्ने अवस्था रहको उनको भनाइ छ ।
जम्मा दुई घण्टा बैंक खुलेको छ, बैंकहरु भरसक मान्छे नआइदिने हुन्थ्यो भन्छन् । जबसम्म राष्ट्र बैंकबाट ड्यापको डकुमेन्ट इमेलबाट आए पनि हुने व्यवस्था मिलाउँदैन्, तबसम्म यो समस्या छिटो सल्टिने अवस्था छैन ।
अहिलेको व्यवस्था अनुसार ड्यापको डकुमेन्ट हाडकपी आउनुपर्छ । केही दिनअघि केन्द्रीय बैंकले गरेको परिपत्रअनुसार पनि ड्यापको हाड कपीलाई मात्रै मान्यता दिनुपर्ने छ । हाडकपी ल्याएर बैंकलाई देखाउने पर्ने, त्यसपछि बैंकले भुक्तानी गर्ने र अनि मात्रै भन्सार क्लियर हुने गर्छ ।
ड्यापको विषयलाई समस्या समाधान गरिदिन भन्दै व्यापारीहरु पटक पटक केन्द्रीय बैंक पनि पुगेका थिए ।
तर, उनीहरुको कुरा केन्द्रीय बैंकले मनन् नगर्दा सुख्खा बन्दरगाहमा कन्टेनरको थुप्रो लागेको ती व्यापारीले बताए । ड्यापका डकुमेन्ट कुनै बैंकक, दुवईमै रोकिएर बसेका छन् ।
यो समस्यालाई लिएर उद्योग राज्यमन्त्रीदेखि वाणिज्य सचिवसम्म व्यापारीहरु पुगिसकेका छन् । उनीहरुले केन्द्रीय बैंकलाई भनिसकेका पनि छन्, केन्द्रीय बैंकले उनीहरुको कुरालाई वास्ता गरेको छैन ।
कतिपय केस यस्ता पनि छन्, सुख्खा बन्दरगाहबाट कन्टेनर उद्योगमा लगिएको छ । तर, उद्योग चलेको छैन् । उद्योगमा सामान राख्ने ठाउँ छैन । उद्योग चलेको भए पो सामान खपत हुन्थ्यो र ठाउँ पनि पुग्थ्यो ।
फेरी अर्को समस्या भनेको अनलोड गर्ने कामदार पनि छैनन् । उद्योग बन्द भए पछि कामदार आएका छैनन् । उनीहरु नआउने वित्तिकै सामान कन्टेनरमै बसेको छ । एउटा मात्रै कारण ३/४ हजार कन्टेनर थुप्रिएको होइन ।
यी हुन प्रतिष्ठित उद्योगी/व्यापारी, जसले बन्दरगाहबाट सामान छुटाएनन् (नामावलीसहित)
रोकिएन हिमालय टर्मिनलको ज्यादती: एजेन्ट, सरकार भन्छ ‘डेमरेज र डिटेन्सन शुल्क हटेपछि ‘अनुचित’ लाभ लिए व्यापारीले’