काठमाडौं। नेपालको सबैभन्दा ठूलो औद्योगिक घराना सिजी कर्प ग्लोबलका संस्थापक विनोद चौधरीको आत्मकथात्मक पुस्तक 'मेड इन नेपाल' सार्वजनिक भएको छ।
नेपालबाट विश्व बजारसम्म बलियो उपस्थिति बढाउँदै गएको सिजी ग्रुपको उद्यम यात्रालाई समेटिएको पुस्तकले चौधरीको व्यवसायिक सोच, जोखिम लिने साहस र राष्ट्रप्रेममा केन्द्रीत रहेको छ।
पहिलेको समयमा अन्तर्राष्ट्रिय बजारमा नेपालबारे जानकारी नहुने अवस्थामा सिजी ग्रुपको उत्पादनले महत्त्वपूर्ण स्थान पाएको थियो। जसले भारतको एउटा राज्यमा स्थापित सिजी ग्रुपको दशकौँ लामो विस्तारले नेपाललाई विश्वव्यापी व्यापार नक्सामा नयाँ नक्का कोर्न सफलबारे पुस्तकको मूल विषय बनेको छ। चौधरीका लागि संसारभर फैलिएका आफ्ना उद्योग र कारखानामा नेपाली झण्डा फहराएको दृश्य सबैभन्दा ठूलो उपलब्धि हो।
सिजी ग्रुपको सबैभन्दा लोकप्रिय ब्रान्ड वाइवाइ छिमेकी मुलुक भारतबाहेक विश्व बजारमा फैलिएको छ। अहिले यो कम्पनीले सर्बिया, काजाकिस्तान, मोल्डोभा, बंगलादेश र इजिप्टजस्ता देशसम्म यसको बजार विस्तार भइसकेको छ।
पुस्तकमा एसिया, युरोप र अफ्रिकासम्म फैलिएका २०० भन्दा बढी व्यवसायिक यात्राका अनुभव समेटिएका छन्। सिमेन्ट, आतिथ्य, टेलिकम, बैंकिङ, ऊर्जा र औषधि उद्योगमा सिजी ग्रुपको विस्तार, त्यस क्रममा आएका चुनौती, सफलताका क्षण र असफलताबाट सिकेका पाठहरूलाई सरल र आत्मीय शैलीमा प्रस्तुत गरिएको छ।
व्यवसायसँगै समाजसेवा र सार्वजनिक जीवनमा सक्रिय चौधरी परोपकारी कार्य, फिल्म निर्माण र लेखनमा सक्रिय छन्। सन् २०१५ मा सामाजिक योगदानको कदर स्वरूप श्री युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका चौधरीको ‘मेड इन नेपाल’ नेपालबाट विश्वसम्म पुग्ने सपनाको प्रेरणादायी दस्तावेजका रूपमा बजारमा आएको छ।
उनलाई विश्वका धनाड्याहरू सूची पेश गर्ने पत्रिका फोर्ब्सले नेपालका पहिलो अर्बपतिका सूचीकृत गरेका छ। नेपालको एक मात्र डलर अर्बपति चौधरी जोखिम लिन नडराउने उद्यमीका रुपमा परिचित छन्।