काठमाडाैं। पाटा नेपाल च्याप्टरले सन् २०२६ जुन २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने छैटौँ ‘हिमालयन ट्राभल मार्ट’ का लागि प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मसँग साझेदारी गरेको छ। उक्त साझेदारीअन्तर्गत प्रकृति रिसोर्टलाई मार्टको आधिकारिक ‘सस्ट्यानिबिलिटी एक्स्पेरियन्स पार्टनर’ का रूपमा समावेश गरिएको हो।
शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यभागमा अवस्थित सो रिसोर्टले दिगो पर्यटन, अर्गानिक खेती र इको-लक्जरीको उत्कृष्ट नमुना प्रस्तुत गर्दै आएको छ। साझेदारी अनुसार, प्रकृति रिसोर्टले मार्टमा सहभागी हुने विदेशी क्रेता तथा पाहुनाहरूका लागि विशेष परिचयात्मक भ्रमणको आयोजना गर्नेछ।
यस क्रममा पाहुनाले रिसोर्टको शान्त प्राकृतिक वातावरण, उत्तरदायी पर्यटन अभ्यास र ग्रामीण जीवनको वास्तविक अनुभव लिन पाउनेछन्। रिसोर्टका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले हिमालयन ट्राभल मार्ट जस्तो गरिमामय कार्यक्रमसँग दिगोपनको साझेदारका रूपमा जोडिन पाउनु आफ्ना लागि गौरवको विषय भएको बताएका छन्।
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले उक्त सहकार्यले नेपाललाई दिगो र अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा विश्वमा चिनाउने लक्ष्यलाई थप बल पुर्याउने विश्वास व्यक्त गरे। विदेशी पाहुनाहरूलाई दिगो पर्यटन र स्थानीय समुदायको हितलाई कसरी एकीकृत गर्न सकिन्छ भन्ने कुराको प्रत्यक्ष अनुभव गराउन सो साझेदारी हुने उनको भनाइ छ। प्रकृति रिसोर्टले प्रदान गर्ने आतिथ्यताले नेपालको पर्यटन क्षेत्रमा वातावरण संरक्षण र मौलिकताको महत्वलाई उजागर गर्ने अपेक्षा गरिएको छ।
पाटा नेपाल र प्रकृति रिसोर्ट बीचको साझेदारी अनुरुप, प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मले मार्टमा आमन्त्रित क्रेताहरु र बिदेशी पाहुनाहरुका लागि एक परिचयात्मक भ्रमण आयोजना गरी सो गन्तव्यमा प्रदान गरिने पर्यटकीय उपज र सेवाहरु अनुभव एवं आतिथ्यता प्रदान गर्नेछ।
प्रकृती रिसोर्ट मा पाहुनाहरुलाई शान्त प्राकृतिक सौन्दर्य, सजग आतिथ्य, र दिगो पर्यटन अभ्यासहरूको प्रत्यक्ष अनुभव प्रदान गरिने र पाटा नेपाल संग हिमालयन ट्राभल मार्टको ‘सस्ट्यानिबिलिटी एक्स्पेरियन्स पार्टनर’ का रूपमा साझेदारी गर्न पाउँदा प्रकृती रिसोर्ट का प्रबन्ध निर्देशक अरुण श्रेष्ठले आफु साह्रै हर्षित र गौरवान्वित भएको व्यक्त गरे।