काठमाडौं। विश्वव्यापी रूपमा प्रतिष्ठित इलेक्ट्रोनिक्स निर्माता टिसिएलले अत्याधुनिक एस फाइभ के क्यूएलसीडी गुगल टिभीको शृङ्खला नेपालको लागि सार्वजनिक गरेको छ।
३२ इन्च र ४३ इन्च आकारमा उपलब्ध यी टिभीले क्यूएलसीडी प्रविधिको ज्वलन्त दृश्यानुभूति, एचभीए प्यानलको गहिरो कन्ट्रास्ट, डल्बी अडियोको समृद्ध ध्वनि र गुगल टिभीको बुद्धिमान सुविधालाई एउटै ठाउँमा समेटेको छ। जसले आधुनिक नेपाली परिवार र युवाहरूको मनोरञ्जन आवश्यकतालाई पूरा गर्ने छ।
युवा, परिवार, र गेमरहरूको लागि अनुकूल
टिसिएल फाइभ के क्यूएलसीडी गुगल टिभीले विशेष गरी प्रिमियम मनोरञ्जनको खोजी गर्ने युवा पुस्ता, डिजिटल सामग्री र चलचित्र मनपर्ने परिवार र स्मूद गेमिङ अनुभव चाहने गेमरहरूलाई लक्षित गरेको छ। यसको उन्नत विशेषताहरूले हरेक प्रयोगकर्ताको लागि व्यक्तिगत र अनुकूलित अनुभव सिर्जना गर्दछ।
प्रमुख विशेषताहरू
- डल्बी अडियोको समृद्ध ध्वनि: २.० च्यानल स्पिकर सिस्टमले थिएटर(स्तरको ध्वनि अनुभूति दिन्छ।
- गुगल टिभीको बुद्धिमान अनुभव: गुगल सहयोगीमार्फत भ्वाइस नियन्त्रण, हजारौं एप्सको पहुँच, र द्रुत गेमिङ अनुभवका लागि गेम मोड सुविधा उपलब्ध छ।
- स्टाइलिश मेटालिक डिजाइन: बेजल-लेस र मेटालिक फिनिस्ड डिजाइनले कुनै पनि आधुनिक रहनसहनमा सहजै मिल्छ।
- पूर्ण कनेक्टिभिटी: वाइ-फाइ ४, ब्लुटुथ ५.०, दुई वटा एचडीएमआई पोर्ट र युएसबी २.० ले सबै उपकरणहरू जडान गर्न सहज बनाउँछ।
टिसिएल एक अग्रणी विश्वव्यापी इलेक्ट्रोनिक्स ब्रान्ड हो। जसले नवीनतम प्रविधि, गुणस्तर र मूल्यलाई संयोजन गर्दै उच्चस्तरीय उपभोक्ता उत्पादनहरू डिजाइन र निर्माण गर्दछ। विश्वभर करोडौं ग्राहकहरूको विश्वास जितेको यो ब्रान्ड लगातार मनोरञ्जन र दैनिक जीवनमा नवीनता ल्याइरहेको छ।
नेपालमा यस उत्पादनको अधिकृत वितरक सीजी इलेक्ट्रिक हो। जसले देशभर आफ्नो विस्तृत र विश्वसनीय वितरण नेटवर्कमार्फत टिसिएलको उत्पादनहरू पुर्याउने जिम्मेवारी बहन गरेको छ। गुणस्तर र ग्राहक सेवामा केन्द्रित सीजी इलेक्ट्रिकले नेपाली बजारलाई विश्वस्तरीय प्रविधि र उत्पादनसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।