काठमाडौं। बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भयो। अधिकांश यात्रुहरु एक घण्टासम्म विमानस्थल बन्द हुँदा अलपत्र परे। विमानस्थलमा पुगेका मात्र हैन, जहाजमा चढिसकेका यात्रुहरूसमेत जहाजभित्रै एक घण्टा कुर्नु पर्यो।
सार्वजनिक सूचनाबिना कुनै घटना नभए पनि त्रिभुवन अन्तर्राष्ट्रिय किन बन्द गरियो भन्ने प्रश्न उठ्न थालेको छ। विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले विमानस्थलमा नियमित उडान भएको र कुनै अवरोध नभएको जानकारी दिए। के निमित्त महाप्रबन्धक पौडेललाई पनि विमानस्थल बन्द भएको जानकारी दिएन वा जानकारी दिन मानेनन् भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
खासमा कसले बन्द ग¥यो त विमानस्थल? यसको प्रमुख कारण हो, शिवरात्रीका लागि आवश्यक तयारी। जसका कारण नेपाली सेनाले एक घण्टा विमानस्थल बन्द गराएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिहान ९ः१५ देखि १०ः१५ सम्मका लागि उडान बन्द भएको थियो। त्यसका लागि विमानस्थलले नोटिस टु एयर मिनु (नोटाम) जारी गरेको थियो।
सेनाले किन बन्द गर्यो विमानस्थल?
जहाजभित्र पुगिसकेका यात्रुहरुका अनुसार विमानस्थलभित्र रहेका नेपाली सेनाले कुनै पनि जहाजलाई अगाडि बढ्न निर्देशन दिइरहेका थिए। यद्यपि, विमानस्थल किन बन्द गरिएको हो? भन्ने जानकारी जहाजका क्रु मेम्बर, नेपाली सेना र विमानस्थल प्रशासनले यात्रुहरुलाई दिएको थिए।
नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसरमा टुँडिखेलमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। सोही दिन शिवरात्री पनि परेको छ। टुँडिखेलमा विभिन्न कलाहरु प्रस्तुत गर्ने गरेकाले त्यसका लागि आवश्यक तयारीका लागि रिहर्सलका लागि विमानस्थल एक घण्टा बन्द गराएको जनाएको छ।
विमानस्थलबाट झण्डासहितको हेलिकोप्टर उडानको क्रममा बिचमा कुनै समस्या आउन सक्ने भन्दै नेपाली सेनाको अनुरोधमा विमानस्थल बन्द गरिएको जनाएको छ।