गोरखा। सोल्टी होटेल्स एण्ड रिसोर्टसले नेपालकै प्रमुख धार्मिक स्थल मनकामना देवी मन्दिरनजिकै पाँचतारे स्तरको सुविधा दिने उद्देश्यका साथ लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ। मन्दिरबाट करिब ३०० मिटरको दुरीमा एक सय रोपनी क्षेत्रफलमा निर्माण भएको सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामना सञ्चालनमा ल्याएको हो।
५१ वटा कोठाहरु रहेको सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामना रिसोर्टसको स्वामित्व मनकामना रिट्रिट रिसोर्टस एण्ड स्पा प्रा.लि.मा निहित रहेको छ। सोल्टी चेन होटेलको विस्तारको क्रममा मनकामनामा सञ्चालनमा ल्याउनु ग्राहकका लागि नवीनतम प्रस्तुती रहेको उल्लेख छ।
रिसोर्ट सञ्चालनमा आएपछि मनकामना माताको दर्शनका लागि आउने धर्मलम्बीलाई सबैभन्दा बढी सुविधा हुने दाबी गरिएको छ। राम्रो बसाइँको अभावका कारण बस्न चाहेर पनि काठमाडौंसहित आफ्नो गन्तव्यमा तत्कालै फर्किनुपर्ने बाध्यतालाई रिसोर्टले केहि हदसम्ममा समधान गरिदिने विश्वाससमेत व्यक्त गरेको छ।
रिसोर्टमा विभिन्न पार्टीह समेत आयोजना गर्न सुविधा सम्पन्न बैक्यूट हल समेत रहेको छ। तीन हजार २०० वर्गफिटको बैंक्वेट हल, ५५ वर्गमिटरको बैठक कक्ष, हिमाली दृश्यावलोकनसहितको खुला स्वीमिङ पूल, दिनभर खुला रहने रेस्टुरेन्ट, स्टाइलिश लबी बार र २४ घण्टा इनरुम डाइनिङ सुविधा समावेश गरिएको छ। साथै, टेरेस, पूलसाइड सेवा र सुन्दर बगैँचासहितको होटेल अग्रभागले अतिथिहरूलाई विलासितापूर्ण अनुभव प्रदान गर्ने छ।

रिसोर्ट धार्मिक, आध्यात्मिक, मनोरञ्जनात्मक र व्यावसायिक यात्रुका लागि उपयुक्त गन्तव्यका रुपमा डिजाइन गरिएको छ। रिसोर्टको विशेषता भनेको आधुनिक नेपाली आतिथ्य शैलीसँग पारंपरिक सौन्दर्यको समिश्रण हो।
पाहुँना कोठाबाट मनकामना मन्दिर तथा वरपरका पर्वतीय दृश्यावलोकन गर्न सकिन्छ। होटलले फिटनेस सेन्टर, स्पा, खुला योग डेक, बच्चाका लागि पूल र खेल क्षेत्र जस्ता सुविधासहित प्राकृतिक सौन्दर्यको आनन्द लिन सक्ने वातावरण प्रदान गरेको उल्लेख छ।
नेपाल तथा अन्तर्राष्ट्रिय आतिथ्य मापदण्डलाई नेपालको परिपे्रक्ष्यमा सुदृढ गर्ने सोल्टी होटेल्स एण्ड रिसोर्टसको प्रतिबद्धतालाई सबल र सशक्त पार्दै देशभरका प्रमुख पर्यटन गन्तव्यहरु, धार्मिक र आध्यात्मिक स्थलहरु, मनोरञ्जनात्मक गन्तव्यहरु र व्यावसायिक यात्रा गन्तव्य स्थलहरूलाई प्रोत्साहन तथा प्रर्वद्धन गर्ने उद्देश्य निहित रहेको जनाएको छ।
सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामना, धार्मिक तथा आध्यात्मिक पर्यटक तीर्थयात्रीहरू, छुट्टी मनाउन भ्रमण यर्ने पर्यटक, व्यवसायिक रुपमा भ्रमण गर्ने कर्पोरेट यात्रुहरू, सभा समारोह तथा बैठकमा सहभागिता जनाउने गन्तव्यका अतिथि र परिवारिक जमघटका लागि उपयुक्त हुने दाबी गरिएको छ।