काठमाडौं। सामसुङ नेपालले नेपाली बजारमा भित्र्याउँदै गरेको ग्यालेक्सी स्मार्टफोन आधिकारिक लन्चअघि ग्राहक लक्षित प्रि–रिजर्भ अफर सार्वजनिक गरेको छ। अफरमार्फत ग्राहकले नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्दै अधिकतम २०,९९९ सम्मका विशेष लाभ प्राप्त गर्न सक्नेछन्।
प्रारम्भिक ग्राहक र ब्रान्ड प्रयोगकर्ता लक्षित सीमित अवधिको अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्नेछन्। प्रि–रिजर्भ गर्ने ग्राहकले १ टीबीसम्मको मेमोरी अपग्रेड १५,००० सम्म, ६० वाटसम्मको फास्ट चार्जर ५,९९९ सम्म प्राप्त गर्न सकिनेछ।
एक्सचेन्ज सुविधा ग्यालेक्सी एस२३, एस२४ तथा एस२५मा लागू हुनेछ। कम्पनीका अनुसार आईडिभाइस १४, १५ ७ १६ पनि पाउने सकिनेछ। हेन्ड रेजर अफर २३ देखि २६ फेब्रुअरीसम्म मात्र मान्य हुनेछ।
यस अवधिमा ग्राहकले दर्ता गरी, आफ्नो योग्य डिभाइस एक्सचेन्ज र नयाँ अलपावरेड स्मार्टफोन स्मार्ट मूल्यमा प्रि–रिजर्भ गर्न सक्ने सामसुङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणयरत्न स्थापितले बताए। ग्राहकलाई प्रतिफल दिन र तोकिएका फोनमा नवीनतम इनोभेसनमा अपग्रेड गर्ने उद्देश्यले यो अफर ल्याइएको उनको भनाइ छ।
कम्पनीले सामसुङ अधिकृत स्टोरमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित सामसुङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकले नयाँ ग्यालेक्सी स्मार्टफोन सजिलै किन्न सक्नेछन्। यसमा शून्य प्रतिशत ब्याज, शून्य प्रतिशत डाउन पेमेन्ट र २४ महिनासम्मको किस्ता अवधिसहितका सजिला विकल्प उपलब्ध गराइएको छ।