काठमाडौं। इजरायल र इरानबीच आक्रमण सुरु भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैठकको तयारीमा जुटेको छ। खाडी मुलुकमा काम गर्दै आएका श्रमिकको सुरक्षाका लागि अहिले भएको विद्यमान अवस्थालाई हल गर्न मन्त्रालयले कसरी रणनीतिक कार्य कस्तो गर्ने भनेर आज मन्त्रालयमा छलफल गर्न लागेको हो।
इजरायल र अमेरिकाले शनिबार इरानमामाथि आक्रमण गरी इरानी प्रमुख नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको छ। त्यसको बदलामा इरानले पनि अमेरिकी लक्षित आक्रमण सुरु गरेको छ। अमेरिकाको खाडीको कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), ओमानमा आफ्नो सैन्य बेसक्याम्प छ।
इरानले कतार, साउदी, बहराइन, युएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको छ। युएईको राजधानी आबुधाबी र दुबईमा आक्रमण गरेको थियो। सोआक्रमणमा अहिलेसम्म नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई मानवीय क्षति भएको छैन। तर, यो विषयलाई हामीले गम्भीर रुपमा लिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका एक उच्च अधिकारीले क्यापिटल नेपालसँग भने। हिजो भएको आक्रमणमा खाडी मुलुकका विशेष गरी साउदी अरब संयुक्त अरब इमिरेटेस, कतार बराइन आदि देश प्रत्यक्ष प्रभावमा परेकाले सरकारले यस विषयमा गम्भीर रुपमा हेर्नुपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश कुमार बस्नेतले बताए।
यो घटनालाई मध्यनजर गर्दा घट्नाक्रम बढ्दै गएको अवस्थामा नेपालीलाई सुरक्षित तवरले स्वदेश फर्काउने वा सुरक्षाक्षित राख्न सरकारले कुटनीतिमार्फत यो समस्या समाधान गर्न आवश्यक छ। सरकारले श्रम गन्तव्य मुलुक खाडीमा गएका श्रमिकहरुलाई सुरक्षित राख्न कुटनीतिमार्फत प्रयास गर्नुपर्ने महासचिव बस्नेतले बताए।
यस्तै अहिले श्रम गन्त्वय मुलुकमा रोजगारीको लागि जान टिकट लिएर बसेका तथा तयारीमा रहेका नेपालीलाई सुरक्षाको प्रत्याभूति नभइसकेकाले गर्दा धैर्य गरेर बस्न अपिल गरेका छन्। घाटा नाफाभन्दा केही समय धैर्य गरेर बस्न उनले आग्रह गरेका छन्।
यता पूर्वपराराष्टमन्त्री प्रदीप ज्ञवालीले खाडी मुलुकको घटनाप्रति सरकारको ध्यानकर्षण गराएका छन्। ज्ञवालीले खाडी क्षेत्रमा चर्किएको तनाव र विकसित हुँदै गएको युद्धस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अमेरिका–इजरायल र इरानबीचको वार्ता भंग भएसँगै उत्पन्न परिस्थितिले समग्र मध्यपूर्व अस्थिर बन्न सक्ने संकेत गरेको बताएका छन्।
तनाव तीव्र बन्दै जाँदा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको तथा प्रत्युत्तरमा इरानले यूएई, कतार, कुवेत, बहराइन, जोर्डन, इराक र साउदी अरबमा रहेका अमेरिकी सुरक्षा बेस तथा अन्य संरचनालाई निशाना बनाएको छ। यस घटनाक्रमले क्षेत्रीय युद्धको सन्त्रास बढाएको ज्ञवालीले बताएका छन्। उनले सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राखी उद्धार तथा सुरक्षासम्बन्धी तयारी अवस्थामा रहन सरकारको ध्यानाकर्षण गराएका हुन्।
त्यसैगरी, सम्बन्धित देशमा रहेका नेपाली दूतावासलाई सक्रिय भूमिका निर्वाह गर्न तथा त्यहाँ कार्यरत नेपालीहरूलाई आधिकारिक निर्देशनको पालना गर्न अनुरोध गरेका छन्।
इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमति बिना यात्रा नगर्न पनि मन्त्रालयले भनेको छ।
यस्तै श्रम गन्त्वय मुलुक खाडीमा करिब १९ लाख हारहारीमा नेपाली कार्यरत रहेको मन्त्रालयका एक अधिकारीले बताए। यता परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित अवस्थालाई नजिकबाट नियालि रहेको भन्दै इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि सावधानी अपनाउन अनुरोध गर्दै ६ बुँदे निर्देशन जारी गरिसकेको छ।
इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षा सल्लाह तथा निर्देशन कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन, आवश्यक सावधानी अपनाउन र आफ्नो बसोबास क्षेत्रका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ।
इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमति बिना यात्रा नगर्न पनि मन्त्रालयले भनेको छ। काठमाडौंस्थित मन्त्रालय, तेल अविभस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन, इजरायल वा इरान भ्रमणको योजना बनाइरहेका नेपाली नागरिकले दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा योजना स्थगित गर्न मन्त्रालये आग्रह गरेको छ।
मध्यपूर्वका अन्य देशहरूमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकले पनि त्यहाँका सम्बन्धित निकायहरूले सुझाएका सावधानीका उपाय पालना गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ।